Last Updated on डिसेम्बर 27, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त भिडियो सामग्रीमा भिजाएको किसमिसको सेवनले हेमोग्लोबिनको कमी र यनीमियाको समस्या हट्ने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं।
दाबी
Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्ति देखिएका छन् । ती व्यक्तिले भिजाएको किसमिस खाने गर्यौँ भने एनीमिया, रगतको कमी दूर हुने दाबी गरेका छन् । उनले भनेका छन्– ‘हेमोग्लोबिन कमी भयो भने जहिल्यै मान्छे एकदम निराश भएको जस्तो, हतास, उदास, भएको जस्तो । अनि त्यतिमात्र नभएर कहिल्यै उर्जा नै आउँदैन र त्यसलाई हटाउनका लागि, यनीमियालाई हटाउनका लागि हामीले भिजाएको किसमिस खाने गर्यौँ भने एनीमिया, रगतको कमी दूर हुन्छ ।’
तथ्य जाँच
किसमिसले हेमोग्लोबिनको कमीलाई निको पार्न सक्छ?
किसमिसमा आइरन पाइने भएपनि यसले हेमोग्लोबिनको कमी वा एनीमिया निको पार्न सक्छ भन्ने दाबी अपुष्ट छ। यदि कसैलाई हेमोग्लोबिन कमी वा आइरनको कमी, एनीमियाको समस्या भएको छ भने उचित चिकित्सा मूल्याङ्कन र सल्लाहको लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ । किसमिस आइरनको राम्रो स्रोत हो, जसले हेमोग्लोबिन उत्पादनका लागि आवश्यक सहयोग पुर्याउने गर्दछ ।
हेमोग्लोबिनको कमी भनेको के हो?
हेमोग्लोबिन रातो रक्त कोशिकाहरूमा रहेको प्रोटिन हो, यसले शरीरमा अक्सिजन पुर्याउँने काम गर्दछ । आइरनको कमीले एनीमियासमेत निम्त्याउन सक्छ ।हेमोग्लोबिनको कमीले प्रायः एनीमिया निम्त्याउँछ, यसको कारण र गम्भीरताको आधारमा अनुकूल उपचारको आवश्यकता पर्दछ । यस अवस्थालाई समाधान गर्न चिकित्सकीय उपचार आपश्यक पर्दछ । हेमोग्लोबिनको कमीलाई व्यवस्थापन गर्न आहार परिमार्जन गर्नुपर्ने हुनसक्छ । आइरन, भिटामिन र मिनरल्स भरिपूर्ण आहारले एनीमियालाई रोक्न र त्यसविरुद्ध लड्न सक्छ ।
गम्भीर रूपमा हेमोग्लोबिनको स्तर कम भएका विरामीका लागि रगत ट्रान्सफ्युजन आवश्यक हुन सक्छ । यद्यपि, यो सामान्यतया आपतकालीन अवस्थाका लागि मात्र हो । क्रोनिक मृगौला रोग जस्ता विशिष्ट परिदृश्यहरूको लागि रातो रक्त कोशिका उत्पादनलाई उत्तेजित गर्न एरिथ्रोपोइटिन-उत्तेजक एजेन्टहरू (ESAs) निर्धारित गर्न सकिन्छ ।
अन्तमा, रातो रक्त कोशिका उत्पादन बढाउन बैज्ञानिक र भरपर्दो उपचार आवश्यक पर्दछ । उचित निदान र अनुकूल उपचारको लागि चिकित्सा मार्गदर्शन खोज्नु महत्त्वपूर्ण छ । किनकि जटिल स्वास्थ्य समस्यापछि घरेलु उपचारमा भरपर्दा जोखिम हुनसक्छ ।
किसमिसमा आइरन पाइने भएपनि यसले हेमोग्लोबिनको कमी वा एनीमिया निको पार्न सक्छ भन्ने दाबी अपुष्ट छ । हेमोग्लोबिन कमी वा आइरनको कमी, एनीमियाको समस्या देखिएपछि उचित चिकित्सा मूल्याङ्कन र सल्लाहको लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.