Last Updated on अप्रिल 12, 2024 by Neelam Singh
सारांश
मानव शरीर र बनावटसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै गाईको दही सेवन गर्न सुझाव दिइएको छ। हामीले तथ्य जाँच गर्यौं र दाबी भ्रामक भएको पाएका छौं
दाबी
Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्ति देखिएका छन् । भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘जति बुवाआमा कालो भएपनि बच्चा गोरो जन्मिने पनि तरिका छ । १०० ग्राम जती लोकल गाईको दुधलाई एउटा कटौरोमा जमाउनु होस त्यो कटौरो चाँदीको होस् या माटोको जमि सकेपछि त्यसमा अलिकति सोफको धुलो हालेर खुवाइँदिनुस् जति बाआमा कालो भएपनि बच्चा चाहिँ गोरो जन्मिन्छ ।’
तथ्य जाँच
बुवाआमा दुबैको वंशानुगत जीनको संयोजनबाट नवजात बच्चाको छालाको रंग निर्धारण हुने गर्दछ । गाईको दूध वा दहीको सेवन वा प्रयोगले बच्चाको छालाको रंग निर्धारण हुँदैन । छालाको रंग आमाबाबुबाट पारितआनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन ।
दावीको बारेमा छाला विशेषज्ञले के भने?
दाबीसहितको सामग्रीका विषयमा हामीले डा.सचिन गुप्तासँग परामर्श गरेका छौं । AIIMS दिल्लीबाट Dermatology र Venereology मा MBBS र MD गरेका उनी हाल अमृता अस्पताल, फरीदाबादमा सम्बद्ध छन् ।
डा.सचिन गुप्ता भन्छन्, ‘बच्चाको छालाको रंग, कपालको वृद्धि आनुवंशिकी, हर्मोन, आहार र समग्र स्वास्थ्य लगायतका धेरै कारकहरूमा निर्भर गर्दछ ।’
बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.