Last Updated on अप्रिल 1, 2024 by Neelam Singh
सारांश
फेसबुक पेजमा पोस्ट गरिएको रिल (भिडियो)मा एक व्यक्ति देखिएका छन् । ती व्यक्तिले भिडियोमा संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं।
दाबी
भिडियोमा ती व्यक्तिले भनेका छन्– ‘संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरीको दबाई बेसारबाट बनाउँछन् । त्यसमा पनि नेपालको बेसार भनेको संसारकै उत्कृष्ट बेसारमा पर्छ । चाउचाउ, बिस्कुट, कुरकुरे, भिभा, बूस्ट, बर्नभिटा, हर्लिक्स यिनिहरु भन्दा त दारु (मदिरा पदार्थ) धेरै राम्रो । दारुभन्दा खतरनाक चिज भन्दा यिनिहरु खतरनाक छन्…।’
फेसबुकमा व्यापक फैलिएको प्रस्तुत दाबीसहितको सामग्री क्यान्सर रोगी, स्वास्थ्य क्षेत्र र नेपाली किशानहरुका लागि अत्यन्तै संवेदनशील छ । त्यसैले प्रस्तुत सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच
बेसार भनेको के हो ?
बेसार (Turmeric) बाट क्यान्सरको उत्कृष्ट औषधि तयार हुने दाबी अपूर्ण छ । बेसारलाई औषधीको रूपमा नभई खानाको रूपमा प्रयोग गरिन्छ । यसमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् ।
के बेसारमा क्यान्सर कोशिका मार्ने क्षमता हुन्छ?
बेसारको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो, जसलाई पहेँलो रंगको मसलाका रुपमा उपभोग गर्ने गरिन्छ । फरक स्वाद र रंगका लागि एसियाली खानामा बेसारको व्यापक रूपमा प्रयोग गरिन्छ । पाक परिकार बाहेक, बेसारको परम्परागत चिकित्सामा सदियौँदेखि एक औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूका लागि समेत बेसारपरिचित छ, जसले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । खाना पकाउँदा प्रयोग हुने एवं सम्भावित चिकित्सीय गुणहरूले बेसारलाई विश्वव्यापी लोकप्रिय मसला बनाएको छ ।
के यो सत्य हो कि धेरै फार्मा कम्पनीहरूले आफ्नो क्यान्सर औषधिमा बेसार प्रयोग गर्छन्?
कर्क्युमिन युक्त बेसार आदिकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको छ । क्यान्सर रोगमा यसका प्रभावहरू बारे अनुसन्धान भइरहेको छ । यद्यपि, बेसार वा कर्क्युमिनलाई क्यान्सर निको पार्ने औधषीका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पूर्ण अनुसन्धान भइसकेको छैन । बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन ।
नेपालको बेसार संसारकै उत्कृष्ट हो ?
नेपाल उच्च गुणस्तरको बेसार उत्पादनको लागि परिचित छ तर यहाँको उत्पादिप बेसार नै विश्वको उत्कृष्ट हो भनेर निश्चित रूपमा तोक्न मिल्दैन । माटोको अवस्था र प्रशोधन विधि जस्ता कारकले बेसारको गुणस्तर निर्धारण गर्ने गर्दछन् ।
माथि उल्लेखित दाबीका विषयमा हामीले परामर्शदाता प्याथोलोजिस्ट डा. शालिन नागोरीसँग परामर्श गर्यौँ । उनका अनुसार दैनिक एक चम्चा बेसारको सेवनले सम्भावित फाइदाहरू प्रदान गर्न सक्छ, जसले सैद्धान्तिक रूपमा क्यान्सर रोकथाममा योगदान दिन सक्छ । यद्यपि, बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् ।
त्यसैगरी स्वास्थ्य र पोषण भूमिका मुखर्जीले क्यान्सरबाट जोगिन चिनी, क्याफिन, नुन र मदिराको सेवन कम गर्न सुझाव दिएकी छन् । उनका अनुसार कुनै पनि खानेकुराले क्यान्सर निको नहुने उनको भनाइ छ।
बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् । बेसारमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसार लगायत कुनैपनि खानेकुराले क्यान्सर निको पार्न सक्दैन ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.