सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा आँकको पातको प्रयोगले चिनिरोग (मधुमेह) सात दिनमा निको हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं।

दाबी
OSnepal नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त भिडियोमा एकजना महिलाले मधुमेह रोग निको पार्ने घरेलु उपचारबारे सुझाव दिइरहेकी छिन् । ती महिलाले आँकको पातलाई पैतलामा राख्दा मधुमेह रोग निको हुने । दाबी गरेकी छन् । साथै उक्त भिडियोको शीर्षकमा लेखिएको छ- ‘आँकको पातले चिनिरोग सुगर सात दिनमा निको पार्छ । कसरी ? हेर्नुस निको पार्ने घरेलु उपाय ।’

तथ्य जाँच
आँक के हो?
आँक (Giant Calotrope) एक फूल फुल्ने वनस्पति हो, यो एशिया र अफ्रिकाका विभिन्न क्षेत्रमा पाइन्छ । आँकलाई शताब्दीयौँदेखि परम्परागत चिकित्सा तथा विभिन्न रोगहरुको उपचारका लागि प्रयोग गर्ने गरिएको पाइन्छ ।
के त्यहाँ कुनै अध्ययनले भन्छ कि आँक मधुमेहमा मद्दत गर्दछ?
आँक वनस्पतिमा मधुमेह रोग विरोधी गुणहरू हुन सक्ने केही अध्ययनहरूले देखाएका छन् । तर, मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पति तथा आहारको सेवनले मात्र मधुमेह निको हुन सक्दैन । मधुमेह रोग एक दीर्घकालीन शारीरिक अवस्था भएकाले यसलाई दीर्घकालीन उपचार आवश्यक पर्दछ । स्वस्थ आहार सेवन गर्नुले मधुमेहको स्तर नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तर, स्वस्थ आहार मात्रै मधुमेह रोगको पूर्ण उपचार होइन ।
मधुमेह कसरी नियन्त्रण गर्ने ?
मधुमेह रोग नियन्त्रण र व्यवस्थापनको लागि प्राय: बहुपक्षीय उपचार आवश्यक पर्दछ । यसमा जीवनशैली परिमार्जन, इन्सुलिन थेरापी, रगतको अनुगमन र नियमित चिकित्सा जाँचहरू रहेका छन् । मधुमेह नियन्त्रणका लागि चिकित्सकको सल्लाह लिनु अति नै महत्त्वपूर्ण छ ।
आँकको साइड इफेक्ट के हो?
मधुमेह रोग देखिएपछि चिकित्सकको सल्लाह बिना परम्परागत उपचारमा मात्रै भर पर्नुले स्वास्थ्य जटिलताहरू बढ्ने जोखिम हुन्छ । अर्कोतर्फ आँक एक विषालु वनस्पति हो र यसका सबै भागहरूमा विषाक्त यौगिकहरू हुन्छन् । आँकको प्रयोगले वाकवाकी, बान्ता, पखाला, पेट दुख्ने, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी लगायतका विभिन्न साइड इफेक्टहरू निम्त्याउन सक्छन् ।
आँक वनस्पतिमा मधुमेह विरोधी गुणहरू रहेको केही वैज्ञानिक प्रमाणहरूले देखाएका छन् । तर, यसको प्रयोग मानिसमा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ । मधुमेह नियन्त्रणका लागि परम्परागत उपचार भन्दा पनि वैज्ञानिक चिकित्सकको सल्लाह लिनु आवश्यक देखिन्छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.