Last Updated on नोभेम्बर 27, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको लेख फेला परेको छ । उक्त लेखमा बिहानै उठेर घुम्ने र हिँड्ने गर्नाले डिप्रेसन समस्या निको हुने दाबी गरिएको छ । साथै उक्त लेखमा डिप्रेसनको औषधि खाइरहेको छ भने औषधि छाडेर दौडँदा औषधि खाए बराबरको काम गर्ने पनि जानकारी दिइएको पाइयो ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावीआंशिक गलत भएको पायौं।
दाबी
Nagariknews.nagariknetwork.com मा ‘मर्निङ वाकले अवसाद निको पार्छ’ भन्ने शिर्षकको एउटा लेख प्रकाशित गरिएको छ । उक्त लेखको सुरुवाती अंश यस्तो छ- ‘नेदरल्यान्ड्सका शोधकर्ताहरूले पछिल्लो समय गरेको एउटा अनुसन्धानले बिहानै उठेर जो घुम्न निस्कन्छ, उसको अवसाद निको हुने देखाएको छ। निको नै हुने त होइन, तर कसैले अवसादको औषधि खाइरहेको छ भने उसले औषधि छाडेर दौडँदा खाए बराबरको काम गर्ने अनुसन्धाताहरूको दाबी छ ।’
मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीसहितको लेख अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीको तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच
के बिहान हिँड्दा वा जगिङ गर्दा डिप्रेसन निको हुन्छ?
बिहानको समयमा हिँड्नु वा दौडनुले डिप्रेसन निको हुन्छ भन्ने दाबी गलत छ । अनेक कारणहरूबाट सृजत एक जटिल मानसिक स्वास्थ्य अवस्था हो- डिप्रेसन । विहानको समयमा हिँड्ने वा दौडने जस्ता शारीरिक
डिप्रेसनको निदान र उपचार कसरी गर्ने?
क्रियाकलापले डिप्रेसनका लक्षणहरू व्यवस्थापन गर्नका सहयोग गर्नसक्छ तर यो नै पूर्ण उपचार होइन ।
डिप्रेसनको निदानका लागि प्राय: स्वास्थ्य उपचार, जीवनशैली परिवर्तन र केही अवस्थामा औषधिको प्रयोग गर्ने गरिन्छ । मनोचिकित्सा (वार्तालाप थेरापी), साथी-परिवारवाको साथ तथा औषधी लगायतका माध्यमबाट व्यक्तिको विशेष आवश्यकताहरू अनुरूप डिप्रेसनको उपचार सम्भव छ ।
के बिहानको दौड वा हिंड्दा डिप्रेसन व्यवस्थापन गर्न मद्दत गर्छ?
विहानको समयमा दौडने वा हिँड्ने लगायतका व्यायामले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्याउन सक्छ । तर, व्यायामको प्रभावकारिता व्यक्ति अनुसार फरक हुन सक्छ र यो एक ग्यारेन्टी उपचार होइन ।
डिप्रेसनसँग लडिरहेका व्यक्तिहरूले मानसिक स्वास्थ्य पेशेवरहरूबाट परामर्श गर्नु आवश्यक छ । बिहानको समयमा हिँड्नु वा दौडनुले डिप्रेसन निको हुन्छ भन्ने दाबी गलत छ । मर्निङ वाकले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्याउन सक्छ तर यसले डिप्रेसन नै निको हुन्छ भन्नु भ्रामक छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.