Last Updated on नोभेम्बर 27, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा पोस्ट फेला परेको छ। उक्त पोस्टमा चुत्रो (Berberis Aristata) वनस्पतिको बोक्राको धुलो सेवन गर्दा टाइफाइट निको हुने दाबी गरिएको छ । चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइड निको हुन्छ भन्ने दाबी गलत छ ।
दाबी
Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिले टाइफाइडको घरेलु उपचार विधि बताइरहेका छन् । ती व्यक्तिले भनेका छन्- ‘चुत्रोको बोक्रा हुन्छ, त्यसको धुलो, चम्चाको एक चौथाइँ, चार भागको एक चाग, यो पाँच एमएल यसको रस, हामीले मिलाएर खान दियौँ भने, दिनमा दुईदेखि तीन पटक खान दिएपछि, सात आठ वर्षको बच्चा छ भने दुईपटक अलि ठूलो मान्छे छ भने तीन-चार पटक खान दिनुस्, टाइफाइट ठिक गराउँछ ।’
त्यसैगरी सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘टाइफाइड ज्वरोमा सबैभन्दा राम्रो घरेलु औषधि ।’
तथ्य जाँच
चुत्रो (Berberis Aristata) के हो?
चुत्रो (Berberis Aristata) वनस्पतिलाई आयुर्वेदिक औषधिमा प्रयोग हुने बिरुवाका रुपमा पनि चिनिन्छ । यसमा रहेको बर्बेरिनले एन्टिअक्सिडेन्टहरू, एन्टि-इन्फ्लेमेटरी प्रभावहरू, कोलेस्ट्रोल व्यवस्थापन र ग्यास्ट्रोइंटेस्टाइनल र कलेजो सुरक्षा लगायतका स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । तर, यी स्वास्थ्य लाभका बारेमा थप अनुसन्धान आवश्यक छ ।
के भिडियोमा टाइफाइड वा अन्य रोगसँग सम्बन्धित लक्षण वा जानकारी चित्रण गरिएको छ?
दाबीसहितको भिडियोमा उल्लेखित टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारण हुने संक्रमण हो । सामान्यतया टाइफाइड दूषित खाना, पानी वा संक्रमित व्यक्तिको सम्पर्कबाट फैलिन्छ । टाइफाइड ज्वरोको उपचारका लागि स्वास्थ्यकर्मीद्वारा निर्धारित एन्टिबायोटिकहरू प्रयोग गर्न सकिन्छ ।
टाइफाइडको उपचार के हो?
एन्टिबायोटिकहरूले साल्मोनेला ब्याक्टेरियालाई लक्षित गर्छन् र संक्रमणलाई हटाउन मद्दत गर्छन् । टाइफाइड ज्वरोको उपचारमा फ्लोरोक्विनोलोन, सेफालोस्पोरिन वा एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिकहरू समावेश गरिएको हुन्छ । तरल पदार्थ/इलेक्ट्रोलाइट, पौष्टिक आहार र आराम गराएर टाइफाइड विरामीको सहायक हेरचाह गर्न सकिन्छ ।
जडीबुटीबाट टाइफाइडको उपचार गर्न सकिन्छ? यसको उपचारको बारेमा विज्ञानले के भन्छ?
जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि यी प्राकृतिक उपचारहरूको प्रभावकारिताका बारेमा गरिएका अध्ययनहरु, क्लिनिकल परीक्षण वैज्ञानिक रूपमा स्थापित भएका छैनन् । टाइफाइड ज्वरोको लागि हर्वल उपचारसँगै वैकल्पिक वा परम्परागत विधिमा पर्याप्त उपचार उपलब्ध नहुन सक्छ । अप्रमाणित उपचारहरूमा मात्र भर पर्दा उचित चिकित्सा हेरचाहमा ढिलाइ पनि हुन सक्छ ।
चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइड निको हुन्छ भन्ने दाबी गलत छ । जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि प्रमाणित उपचार खोज्नु आवश्यक छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.