Last Updated on अक्टोबर 2, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्ने र शरीरका अंगहरूमा भएको दुखाई निको हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।
दाबी
Hari Baral नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा कागती, नुन र कपूरको दृश्य देख्न सकिन्छ । उक्त भिडियोमा भनिएको छ- ‘घुँडा दुख्ने, ढाड जोर्नीहरु दुख्ने नशाकै समस्याबाट आउने हो । नशा खुलाउने घरेलु औषधी कि सार्थीहरु मनतातो पानी तताउने, एउटा बाटामा सितेनुन हाल्ने अलिकति आधा कागती हाल्ने तीन चारवटा कपूर हाल्ने आधा घण्टा जति यसमा खुट्टा डुबाएर राख्ने यो एक हप्ता गर्ने ।’
तथ्यजाँच
दावी प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छ?
तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका अंगहरूको दुखाइ निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् ।
खुट्टालाई पानीमा डुबाएर राख्दा तातो पानीले खुट्टामा भइरहेको दुखाई र थकानलाई केही राहत प्रदान गर्न सक्छ । साथै कागती, नुन र कपूरमा केही फाइदाजनक गुणहरू हुन सक्छन् । तर, यी तत्वहरुले अवरुद्ध नसा र पुरानो दुखाइलाई निको पार्न सक्दैनन् ।
दिइएको दाबी को कुनै सम्भावित लाभ छ?
तातो पानीमा खुट्टा भिजाएर राख्दा रक्तसञ्चारलाई सुधार गर्न र सुन्निने समस्या कम गर्न सकिन्छ । कागती र नुनमा जीवाणुरोधी गुणहरू हुन्छन्, त्यसैले यसको प्रयोगले संक्रमणको जोखिम कम हुनसक्छ । तर, कुनै विरामी लामो समयदेखि खुट्टाको दुखाई र नसाको समस्याबाट गुज्रिरहेको छ भने उचित निदान र उपचारका लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न अत्यावश्यक छ । डाक्टरले विरामीलाई प्रमाण-आधारित चिकित्सा सल्लाह र विशेष अवस्था अनुरूप उपचारहरू प्रदान गर्न सक्छन् ।
घरेलु उपचारमा मात्रै भर पर्नु हानिकारक पनि हुन सक्छ ।माथि उल्लेखित दाबीका विषयमा हामीले छाला विशेषज्ञ डा.ज्योति कन्ननगाथसँग परामर्श गर्यौँ । उनले भनिनि्,‘हाम्रो छालाले ठूलो मात्रामा धातुहरू अवशोषित गर्छ । यद्यपि, हामीलाई अझै थाहा छैन कि विषाक्त पदार्थ र भारी धातुका अणुहरू छालाको माध्यमबाट कसरी शरीरबाट बाहिर निकाल्न सकिन्छ । यद्यपी पानीमा खुट्टा भिजाउँदा शरीरका अंगहरूमा दुखाइ निको हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।’
तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका अंगहरूको दुखाइ निको हुन्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गरेनन् । शरीरका जटिन समस्या निको पार्न घरेलु उपचारमा मात्रै भर पर्नु हानिकारक पनि हुन सक्छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.