सारांश

सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट फेला परेको छ । उक्त पोस्टमा एउटा स्ट्याटस र अर्को लहरै लहरा भएको बनस्पतिको तस्बिर देखिन्छ । तस्बिरमा देखिएको लहराको नाम आकाशबेली हो । यस दाबी प्रायः झूटो छ।
दाबी
आकाशबेलीलाई नेपालमा जन्डिस उपचारका लागि घरेलु औषधीको रुपमा सेवन गर्ने गरिन्छ । कृषि गुरु Krishi Guru नामक फेसबुक पेजमा पोस्ट गरिएको स्ट्याटसमा आकाशबेली जन्डिस रोगको उपचारमा प्रयोग गरिने दाबी गरिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ- ‘जन्डिसको उपचारमा प्रयोग हुने तर घर बरिपरि बिरुवालाई सताउने यो के हो भन्नुहोस ?’

तथ्य जाँच
आकाशबेलका गुणहरु के के छन् ?
आकाशबेलीमा एन्टी-एजिंग, एन्टीक्यान्सर, एन्टिहाइपरटेन्सिभ, एन्टि-इन्फ्लेमेटरी, एन्टिओस्टियोपोरोटिक, एन्टिअक्सिडेन्ट, हेपाटोप्रोटेक्टिव, इम्युनोमोड्युलेटरी, इम्युनोस्टिमुलेन्ट र स्मरणशक्ति बढाउने गुणहरू रहने उपलब्ध अनुसन्धानमा उल्लेख छ । यी रसायनिक गुणहरूले यी जन्डिसको गम्भीरतालाई केही हदसम्म कम गर्न सक्छन् ।
यससँगै आकाशबेलीमा फ्लेभोनोइड्स, एल्कालोइड्स, लिग्नान, सेपोनिन, फेनोलिक, ट्यानिन्स र फ्याटी एसिडहरू हुन्छन्। यी रसायनहरूले केही मानिसहरूमा भएको जन्डिसलाई केही निष्क्रिय पार्न सक्छन्।
के घरेलु उपचारले जन्डिस निको हुन्छ ?
जन्डिसको हल्का लक्षण देखिएका केही रोगी आकाशबेलीमार्फत् गरिएको घरेलु उपचारले निको हुन सक्छन् । तर, जन्डिस निको पार्न मानिसहरूले आकाशबेलीकै भर पर्नु उत्तम निर्णय हुँदैन। Pharmeasy.in वेबसाइटले जन्डिस चाँडै फैलनसक्ने भएकाले यसको घरेलु उपचार मात्र घातक साबित हुन सक्ने निष्कर्ष निकालेको छ।
यी दुबै तथ्यबाट के प्रष्ट हुन्छ भने जन्डिसको घरेलु उपचार गर्दा आकाशबेली प्रभावकारी हुन पनि सक्छ तर जन्डिसको गम्भीरता र कारण बुझ्नको लागि डाक्टरसँग सम्पर्क गर्नु नै सुरक्षित हुन्छ।
अर्कोतर्फ जन्डिसको उपचारको लागि आकाशबेलीमा मात्रै भर पर्नु र उचित उपचार नखोज्नु घातक हुन सक्छ । आकाशबेली एक परजीवी बनस्पति हो, जसलाई स्वास्थ्य पेशेवरको सल्लाह विना सेवन गर्नु हुँदैन।
आकाशबेलीमा रहेका पदार्थले एन्टिकोलिनर्जिक विषाक्तता निम्त्याउन सक्छन् । यसले मानिसको आन्द्रा र मानसिक अवस्थामा क्षति पुर्याउन सक्ने चेतावनी हामीले फेला पारेका तथ्यले देखाएका छन्।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.