सारांश

एउटा फेसबुक पोष्टमा दाबी गरिएको छ कि यो सप्ताह विश्व वाफ सप्ताह हो। श्वास द्वारा वाफ लिएर कोरोनाभाइरस मर्छन र बिरामीहरू को कोभिड – १० निको हुन्छ। हामीले पत्ता लगाएर थाहा पायौ कि सन्देश नक्कली छ।
दाबी
हिन्दीमा प्रकाशित गरिएको एउटा फेसबुक पेजमा प्रकाशित पोष्टमा लेखिएको छ, “विश्व वाफ सप्ताह, डाक्टरहरूका अनुसार यदि कोभिड -१९ लाई नाकबाट लिइएको वाफ द्वारा प्रहर गरियो भने कोरोना उन्मूलन गर्न सकिन्छ। सबैले वाफ अभियान सुरु गर्नुपर्दछ। माथिको निर्देशन अनुसार काम गर्न हामी विश्वभरका व्यक्तिहरुलाई ०७ अगस्त देखि १४ अगस्त सम्म बिहान, दिउँसो र साँझ एक साताको लागि वाफ प्रक्रिया सुरु गर्न आग्रह गर्दछौं। ५ मिनेट मात्र वाफ श्वास द्वारा लिनुहोस्। यस अभ्यासलाई एक साताको लागि अपनाई हामी घातक कोभिड-१९ लाई समाप्त गर्न सक्छौ भन्ने कुरामा हामी आस्वस्त छौ, कृपया यो सन्देश हाम्रा सबै समूहहरू, आफन्तहरू, साथीहरू र छिमेकीहरूलाई पठाउनुहोस् जस कारण हामी सबै मिलेर यस कोरोनाभाइरसलाई मार्न सकौं र यो सुन्दर एचभी संसारमा स्वतन्त्र रूपमा चल्न सकोस्। धन्यवाद, यो अनुरोध प्रत्येक समूहमा पठाइयोस् “।
पोष्टको स्न्यापशट तल दिइएको छ र संग्रहित संस्करण यहाँ हेर्न सकिन्छ।
तथ्य जांच
के यो सप्ताह विश्व वाफ सप्ताह हो?
विश्व वाफ सप्ताहको बारेमा कुनै खबर छैन। हामीले अनेकौ अन्तर्राष्ट्रिय मिडिया प्लेटफर्महरू र अधिकारिक स्वास्थ्य प्लेटफर्महरू जाँच गरेका छौं। त्यस्तै कनै पनि घटना घोषणा भएको बारेमा कसैले जानकारी दिएको छैन।
स्टीम विश्वविद्यालय द्वारा वाफ सप्ताह आयोजित गरिने गरिन्छ जुन एक शैक्षिक घटना हो र कोभिड-१९ महामारी संग यसको कुनै सम्बन्ध छैन। यो कार्यक्रम पछिल्लो पटक नोभेम्बर २०१९ मा आयोजित गरिएको थियो।
के कोरोनाभाइरस वाफ मार्फत मार्न सकिन्छ?
होइन। हामीले यस बारेमा विस्तृत तथ्य जाँच गरिसकेका छौं। तपाईं यसलाई यहाँ पढ्न सक्नुहुन्छ। विश्वभरिका डाक्टरहरूले अनेकौ पटक स्पस्ट पारिसकेका छन् कि तातो पानी, नुन पानी, तातो पानीको साथ कुल्ला, चिया सेवन वा श्वास द्वारा वाफले कोरोनाभाइरसलाई मार्न सकिदैन। तिनीहरूले कोभिड-१९ को कुनै विशेष लक्षणलाई नाकको नली सफा गरेर केही समयको लागि आराम दिन मद्दत गर्न सक्छन तर तिनीहरुमा भाइरस समाप्त गर्ने कुनै गुण हुदैन।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.