सारांश

एउटा ट्विटर पोष्टमा दाबी गरिएको छ कि कोभिड को पुरा अर्थ “कृत्रिम बुद्धिमत्ता भएको खोपको पहिचान प्रमाणपत्र” हो। यो एउटा झूटो दाबी हो।
दाबी
ट्विटरमा साझा गरिएको उक्त पोष्टमा दाबी गरिएको छ कि कोभिड को पुरा अर्थ “कृत्रिम बुद्धिमत्ता भएको खोपको पहिचान प्रमाणपत्र” हो। उक्त पोष्टको स्न्यापशट तल दिइएको छ र यसको सङ्ग्रहित संस्करण यहाँ हेर्न सकिन्छ। उक्त पोष्ट राइट टु ट्रुथ मिडिया भन्ने एउटा ट्विटर प्रोफाइल द्वारा साझा गरिएको छ र यस प्रोफाइलले सत्य कुराहरू खुलाउने दावी गर्दछ।
तथ्य जांच
के कोभिड को अर्थ “कृत्रिम बुद्धिमत्ता भएको खोपको पहिचान प्रमाणपत्र” हो?
होइन, यो कोभिड को सहि पूर्ण अर्थ होईन। कोभिड मा “CO” कोरोना को संक्षिप्त हो भने “VI” भाइरसको संक्षिप्त हो र रोगका लागि “D” प्रयोग गरिएको हो । संख्या 19 यस रोगको पहिलो प्रकोप (२०१९) लाई दर्साउन प्रयोग गरिन्छ।
कोविड -१९ रोगको नामकरण कसले गर्यो?
फरवरी ११, २०२० को दिन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यस भाइरसको आधिकारिक नाम कोभिड-१९ राख्ने निर्णय गरेको थियो। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानो गेहेब्रेयससले जेनेभामा यस भाइरसको नामकरण गर्दै पत्रकारहरूलाई भन्नु भएको थियो, “हामीसँग यस रोगको नाम छ र यो कोभिड १९ हो।
फेब्रुअरी ११, २०२० मा डब्ल्यूएचओ ले कोभिड-१९ नाम घोषणा गरेको जिनेभामा आयोजित पत्रकार सम्मेलनको संक्षिप्त जानकारी तल दिइएको छ ।
भाइरसको नामकरण कसरी गरियो?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), विश्व पशु स्वास्थ्य संस्था र खाद्य तथा कृषि सङ्गठन बीच २०१५ मा निर्णय गरिएको दिश निर्देशहरू अनुसार भाइरस वा रोगहरूको नामकरण गरिन्छ। डब्ल्यूएचओ को वेबसाइट अनुसार, “भाइरसको नामकरण नैदानिक परीक्षण, खोप र औषधी विकास गर्न मद्दत पुर्याउन भाइरसको आनुवंशिक संरचनाको आधारमा गरिन्छ। यो कार्य भाइरस विज्ञानी र व्यापक वैज्ञानिक समुदायले गर्छन्, त्यसैले भाइरसहरूको नामकरण अन्तर्राष्ट्रिय भाइरस वर्गीकरण समिति (आईसीटीवी) द्वारा गरिन्छ। रोगहरूको रोकथाम, प्रसार, प्रसारण, गम्भीरता र उपचारमा छलफल गर्न सकिने गरि रोगहरूको नामकरण गरिन्छ। ”
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.