तथ्य जाँच: अन्तिम चरणको क्यान्सर हर्बल मिश्रण प्रयोग गरेर ३ दिनमा निको पार्न सकिन्छ

Published on:

सारांश

सोशल मिडियामा एउटा भाइरल भिडियोमा दाबी गरिएको छ कि अन्तिम चरणको क्यान्सर समेत ७२ घण्टामा निको पार्न सकिन्छ। ओखर, अंकुरित अन्न, मह, लसुन  र कागतीले बनेको घरेलु मिश्रण सेवन गरेर उक्त रोग निको पार्न सकिन्छ भन्ने दाबी रहेको छ। भिडियो अनुसार उक्त मिश्रण फ्रिजमा राख्नु आवश्यक छ र दिनमा धेरै पटक खानुपर्दछ। हाम्रो अनुसन्धानमा उक्त मेसेज झुटो रहेको पाइएको छ।

दाबी

यूट्यूबमा एक हिन्दी भिडियो सन्देशमा दाबी गरएको छ कि ओखर, अंकुरित अन्न, मह, लसुन र कागती प्रयोग गरि बनाइएको घरेलु मिश्रण क्यान्सरको अन्तिम चरण पनि निको पार्न सक्दछ। भिडियोमा औषधितयार गर्नका लागि उचित विधि पनि देखाइएको छ ।

भिडियोको एक संग्रहीत संस्करण यहाँ देख्न सकिन्छ

उक्त भिडियो हेल्थ टिप्स फर यु भन्ने युट्यूब च्यानल द्वारा प्रकाशित गरिएको थियो।

तथ्य जांच

के उक्त मिश्रणले क्यान्सर निको पार्न मद्दत गर्दछ?

दाबीमा स्रोतको रूपमा कुनै अनुसन्धानको उल्लेख गरिएको छैन। हाम्रो अनुसन्धानमा पनि उल्लेखित प्राकृतिक सामग्रीहरूको मिश्रणले कुनै पनि क्यान्सर विरोधी औषधी बनाउन सकिने त्यस्ता कुनै अनुसन्धानको पहिचान गर्न सकिएन।

हामीले क्यान्सर विशेषज्ञ, डाईटिसियन र आयुर्वेद चिकित्सकहरूको यस मुद्दामा उनीहरुको दृष्टिकोण पत्ता लगाउन उनीहरुलाई सम्पर्क गरेका थियौं।

वरिष्ठ अन्कोलॉजिस्ट डा मनीष सिंघलका अनुसार, “यो पूर्णत निराधार दाबी हो। यो खतरनाक पनि हो किनभने यस दाबीलाई सहि मान्ने मान्छेहरुले उनीहरूको वास्तविक क्यान्सर उपचारलाई गम्भीरतापुर्वक लिन छोड्न सक्छन। कुनै पनि प्रकारको क्यान्सरमा डाक्टरको सल्लाह अनुसार गम्भीर चिकित्सा उपचारको आवश्यकता पर्दछ। यस्ता झुटा  दाबीहरू माथि आँखा चिम्लेर निर्भर रहनु र त्यो पनि क्यान्सरको अन्तिम चरणमा घातक साबित हुन सक्छ

डाइटिसियन र न्यूट्रिशनिस्ट र प्रमाणित वैकल्पिक चिकित्सा व्यवसायी काजल गुप्ताले पनि उस्तै भावना व्यक्त गर्दछिन। उनी भन्छिन्, “यो सत्य होइन। उल्लेखित खाद्यान्न वस्तुहरू स्वस्थकर छन्। तर ति खाद्यान्न बस्तुहरुले क्यान्सरको उपचार त्यो पनि ३ दिन मा गर्न सक्छन भनेर आशा गर्नु पूर्णत गलत हो। यो सबै क्यान्सर रोकथाम गर्ने सम्भावना भएको स्वस्थकर खाना खाने सल्लाह छ तर मात्र आहार द्वारा क्यान्सर को उपचार गर्न सकिने त्यस्तो कुनै वास्तविक संभावना छैन “

के क्यान्सरलाई आयुर्वेद द्वारा वा प्राकृतिक उत्पादनहरू वा हर्बल सामग्री प्रयोग गरेर निको पार्न सकिन्छ?

कुनै पनि आयुर्वेदिक उत्पादन क्यान्सर को उपचार गर्न सक्षम छ भन्ने कुनै ठोस प्रमाण छैन। (स्रोत: यहाँयहाँ)

यस बारेमा डा सिंघल भन्छन्, “एलोपथी औषधिमा पनि आवस्यक पर्ने स्थितिमा प्राकृतिक तत्वहरूको अर्क प्रयोग गरिन्छ। तर विशेष उपचारमा कुनै पनि घटकको प्रभावकारिता अनुसन्धानद्वारा पुष्टि गर्न आवश्यक छ।

क्यान्सर उपचारको लागि जडिबुटी उत्पादनहरू माथि विश्वास गर्न थाल्नु अघि हामीलाई कति मात्रामा कुनै प्राकृतिक तत्त्व कस्तो प्रकारको बिरामीहरूलाई दिनु पर्छ भन्ने कुरा जान्नु आवश्यक छ। सन् २०१७ मा एम्सले एक प्रमुख अनुसन्धान परियोजना शुरू गर्‍यो जहाँ यसले केन्द्रीय आयुर्वेदीय विज्ञान अनुसंधान परिषद्का विज्ञहरूसँग स्तन, ग्रीवा र मुखको क्यान्सर तथा अन्य क्यान्सरको उपचारको लागि प्रयोग गरिएको आयुर्वेदिक औषधिहरूको प्रभावकारिता अध्ययन गर्न र मान्यता प्रदान गर्न सहकार्य गरेको थियो। यद्यपि यी प्राकृतिक उत्पादनहरूले एलोपथी औषधिको दुष्प्रभाव कम गर्न मद्दत गर्ने बारेमा रिपोर्टहरू आएका छन् तर आयुर्वेदिक उत्पादनहरूले क्यान्सर निको पार्न सक्ने कुनै प्रमाण भेटिएको छैन। (स्रोत)

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

151,791FansLike
1,144FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health