Last Updated on डिसेम्बर 15, 2020 by Team THIP
सारांश
प्रसारित भइरहेको एउटा व्हाट्सएप सन्देशमा मुम्बईको नानावटी अस्पतालका कोभिड विज्ञहरूले कोभिड -१९ बिरामीहरूका लागि उपचारहरुको सुझाव दिएका छन्। अस्पतालले उक्त दाबी को बारेमा जवाफ दिएका छन र स्पष्ट पार्दै भनेका छन् कि ति सुझावहरु उनीहरूका डाक्टरहरूले दिएका थिएनन्। हामीले यस दावीलाई झुटो रहेको ठहर गर्दछौ।
दाबी
एउटा व्हाट्सएप सन्देशमा दावी गरिएको छ कि नानावटी अस्पतालका डा अन्सारी र डा लिमयेले कोभिड बिरामीहरूका लागि उपचारको सिफारिस दिएका छन् – भिटामिन सी, कागती सहित तातो पानी, अदुवा, गुड़ र घिउको मिश्रण, हल्दी सहित तातो दुध र दिनमा एक पटक बाफ। दावीमा अस्पतालले सबै बिरामीहरूलाई उक्त उपचार प्रदान गरेको कुरा पनि दर्शाएको छ।
उक्त सन्देश हाम्रो एक पाठकले हाम्रो वाट्सएप टिपलाइनमा पठाएका छन्। सन्देशको स्न्यापशट तल दिइएको छ।
तथ्य जांच
के नानावटी अस्पतालका डाक्टरहरूले उक्त सन्देश प्रसारित गरका थिए ?
होइन। अस्पताल व्यवस्थापनले उक्त दावीलाई ट्विटरमा आधिकारिक बयानको साथ खण्डन गरेको छ। तिनीहरूले उक्त उपचार सल्लाह तिनीहरूका डाक्टरहरुले दिएका छैनन् भनेर स्पष्ट पारेका छन् ।
के उपचार सल्लाह मान्य छ?
भिटामिन सीले प्रतिरोधक क्षमता बढाउन मद्दत गर्दछ र कोभिड सहित कुनै पनि भाइरस सम्बन्धित रोगबाट जोगाउछ। यद्यपि यी सबै बिरामीहरूको लागि सामान्य उपचार विधिहरू छैनन्। लक्षणहरू फरक भएपछि उपचार विधि र औषधिको खुराक पनि भिन्न हुन आवश्यक छ। यो एक प्रमाणित चिकित्सा व्यवसायी द्वारा मात्र निर्णय गर्न सकिन्छ। नानावती अस्पतालको ट्वीटमा पनि उही कुरा उल्लेख छ – “कृपया कुनै पनि उपचार प्रोटोकल तपाईको डाक्टरसँग परामर्श गरेपछि मात्र अनुसरण गर्नुहोस्।”
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.