Last Updated on डिसेम्बर 27, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने समस्या निको हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।
दाबी
पं सम्राट् गौतम ज्योतिषाचार्य नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्ति देखिएको छन् । ती व्यक्तिले प्याजका दुईवटा टुक्रालाई आँखाको ढकनीमाथि राख्ने, प्याज राखेपछि आँखा खोलेखर हेर्ने र यो क्रिया दिनमा दुईपटक गरेपछि आँखा पाक्ने रोग निको हुने दाबी गरेका छन् । प्रस्तुत दाबी मानिसको संवेदनशील अंग आँखासँग सम्बन्धित रहेको छ । त्यसैले यो दाबी पनि अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच
यो दाबी किन हानिकारक छ?
प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । अर्कोतर्फ प्याजका टुक्रालाई आँखाको ढकनीमा राखेर त्यसको राग आँखाभित्र छिराउनु आँखाका लागि हानिकारक हुन सक्छ । आँखा पाक्ने रोग सरुवा भाइरसको कारण निम्तिने गर्दछ । यसमा प्याजको प्रयोग गर्दा आँखा पोल्ने र थप संक्रमणको जोखिम बढ्नसक्छ । आँखा पाक्ने समस्या देखिएपछि सामान्यत: विभिन्न वैज्ञानिक विधिबाट यसको उपचार गर्नुपर्ने हुन्छ । तर, प्याजका टुक्राहरू वा अन्य घरेलु उपचारमा केन्द्रीत हुँदा समस्या झन बल्झिन सक्छ र अवस्था अझ खतरनाक हुन सक्छ ।आँखाको ढकनीमा प्याजका टुक्राहरु राख्दा आँखा पाक्ने रोग निको हुँदैन । साथै यसबाट आँखा पाेल्ने र अन्य जटिलताहरू पनि निम्तिन सक्छन् । यदि कसैलाई आँखामा संक्रमण वा आँखा पाक्ने समस्या देखिएको छ भने उचित निदान र उपचारका लागि योग्य स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।
आँखा संक्रमण हुँदा के गर्ने?
एडेनोभाइरस जस्ता भाइरसहरूको संक्रमणका कारण आँखा पाक्ने समस्या निम्तिएको हुन्छ । आँखा पाक्ने रोगको उपचारमा लुब्रिकेटिङ आई ड्रपहरू प्रयोग गर्ने, भाइरस फैलिनबाट रोक्नका लागि सरसफाइ गर्ने र आवश्यक्ता अनुसार एन्टिभाइरल औषधिहरूको प्रयोग गर्नुपर्छ
प्याजको राग (पिरो ग्यास) को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । साथै यसले आँखा पाेल्ने र अन्य जटिलताहरू पनि निम्तिन सक्छन् । आँखा पाक्ने समस्या निम्तिएपछि उचित निदान र उपचारका लागि योग्य स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.