Last Updated on डिसेम्बर 15, 2020 by Team THIP
सारांश
एउटा फेसबुक पोष्टमा दाबी गरिएको छ कि पोण्डिचेरी विश्वविद्यालयमा पढ्ने रामु नाम गरेका एक जना भारतीय विद्यार्थीले कोभिड-१९ को उपचार खोजी गरेका छन्। पोष्टमा थप दाबी गर्दै लेखिएको छ कि उक्त उपचार विश्व स्वास्थ्य सङ्गठन द्वारा स्वीकार गरिएको छ। हामीले यस बारेमा छानबिन गर्यौं र यो दाबी झूटो रहेको थाहा पायौ।
दाबी
एउटा फेसबुक पोष्टमा निम्न दाबी गरिएको छ:
अन्तत: पोण्डिचेरी विश्वविद्यालयका एक भारतीय विद्यार्थी, रामुले कोविड १९ को घरेलु उपचार पत्ता लगाएका छन् जुन विश्व स्वास्थ्य सङ्गठन द्वारा पहिलो पटक स्वीकार गरिएको उपचार हो। उहाँ ले प्रमाणित गरे कि केहि अदुवाको रस र २ चम्चा महमा १ चम्चा मरिच को पाउडर ५ दिन सम्म मिसाएर राख्दा कोरोनाको प्रभावलाई कम गर्न सकिन्छ र अन्तमा कोरोना १००% निको हुन्छ।
सम्पूर्ण संसारले यस उपचारलाई स्वीकार गर्न थालेको छ। अन्ततः २०२० मा एउटा राम्रो समाचार आयो!!
कृपया तपाइँको परिवारका सदस्यहरू र मित्रहरू सबैलाई यो जानकारी पठाउनु होला।
उक्त पोष्टको स्न्यापशट तल दिइएको छ र पोष्टको एउटा सङ्ग्रहित संस्करण यहाँ हेर्न सकिन्छ।
तथ्य जांच
के एक भारतीय विद्यार्थीले विश्व स्वास्थ्य सङ्गठन द्वारा स्वीकार्य कोभिड-१९ को उपचार पत्ता लगाएका छन्?
होइन। हामीले पोण्डिचेरी विश्वविद्यालय र डब्लुएचओ स्रोत दुबै को समाचारलाई जाँच गरेका छौं र तिनीहरुले यो दावी पूर्ण रूपमा झूटो रहेको भनेर पुष्टि गरेका छन।
के मरिच, अदुवा र महले कोभिड-१९ लाई निको पार्न सक्छ?
होइन। अहिले सम्म कोभिड-१९ विरुद्ध प्रभावी हुने कुनै पनि औषधि वा जडिबुटी पदार्थको पुष्टि भएको छैन। मरिच, अदुवा र महको मिश्रण भारतमा अनेकौँ ठाउँहरूमा घाटी दुख्ने वा रुघाखोकीको लागि लोकप्रिय उपचार हो। तर यो कुनै पनि रूपमा कोभिड-१९ को लागि सिफारिश गरिएको उपचार होइन।
वास्तवमा डब्ल्यूएचओले आफ्नो वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरेको छ कि मरिच कोभिड-१९ को लागि मान्य उपचार होइन।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.