Last Updated on अप्रिल 12, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा ड्रागन फ्रुट सम्बन्धी एउटा सामग्री पोस्ट गरिएको छ । ड्रागन फ्रुटलाई क्यान्सर प्रतिरोधात्मक फलका रुपमा परिचित गराइएको छ । हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी प्रायः झूटो छ।
दाबी
अन्यायको बिरोधी शिव नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा ड्रागन फ्रुटलाई क्यान्सर प्रतिरोधात्मक फलका रुपमा परिचित गराइएको छ । ड्रागन फ्रुट फुलेको दृश्य राखिएको उक्त सामग्रीमा उक्त क्याप्सन राखिएको छ । उक्त क्याप्सनमा भनिएको छ- ‘यो फलको नाम ड्रागन फ्रुट हो ! यो फलले कुनै रोगलाई असर गर्दैन क्यान्सर प्रतिरोधात्मक फल हो यो । राति मात्र फुल्छ तेसैले रात कि रानी पनि भनिन्छ !’
तथ्य जाँच
ड्र्यागन फल के हो?
ड्रागन फ्रुट मेक्सिको र मध्य अमेरिकामा पाइने क्याक्टस प्रजातिको फल हो । पछिल्लो समय यो बिरुवा उब्जाउने ट्रेन्ड संसारभर बढेको छ । किवी र नाशपातीको मिश्रित स्वादका कारणले गर्दा मानिसहरूले यो फललाई मुख्य रूपमा मन पराएको देखिन्छ ।
क्यान्सरमा ड्र्यागन फल उपयोगी हुन सक्छ?
ड्रागन फ्रुट एक राम्रो आहार केमोप्रेभेन्टिभ पूरक हुन्छ, जसले क्यान्सर कोशिकाहरूको फैलावट कम गर्नसक्ने उपलब्ध वैज्ञानिक प्रमाणहरूले बताएका छन् । तर कुनै पनि अनुसन्धानले शरीरभित्र रहेका क्यान्सर कोशिकाको फैलावटलाई ड्रागन फ्रुटले रोक्न सक्छ भन्ने विषयमा ब्याख्या गरेका छैनन् । साथै, क्यान्सर औषधिको रूपमा यसलाई सेवन गर्नुपर्ने कुरा कुनै पनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
क्यान्सरको पूर्ण उपचार भनेको क्यान्सर कोशिकाहरूलाई मार्ने, तिनीहरूको गुणन रोक्ने र नयाँ क्यान्सर कोशिकाहरूको संयोजनलाई रोक्ने हो । उपलब्ध प्रमाणहरू अनुसार ड्रागन फ्रुटको सेवनले क्यान्सर सफलतापूर्वक निको हुने देखिँदैन । धेरै ड्रागन फ्रुट खाँदा हुने सम्भावित साइड इफेक्टहरूबारे समेत हामीले खोजबिन गर्यौँ । ड्रागन फ्रुट धेरै सेवन गर्दा एलर्जी हुने, जिब्रो सुन्निने, बान्ता हुन सक्ने उपलब्ध प्रमाणले देखाएका छन् ।
अर्कोतर्फ मानिसको आहारले क्यान्सरको जोखिमलाई १०-२० प्रतिशत कम गर्नसक्ने अनुसन्धानले देखाएका छन् । विभिन्न वातावरणीय, व्यावसायिक र जीवनशैली जोखिम कारकहरूले भविष्यमा क्यान्सरको जोखिम बढाउँछन्, जुन आहारबाट प्रभावित हुन सक्छ वा नहुन सक्छ।
नेशनल क्यान्सर इन्स्टिच्युट (एनसीआई)का अनुसार धेरै कारणहरूले मानिसको शरीरमा क्यान्सरको विकास हुने गर्दछ । यसमा संक्रमणको मात्रा, अवधि र व्यक्तिको वंशानुगत पृष्ठभूमि पनि जोडिएको हुन्छ । अनैच्छिक संक्रमणका कारण हुने क्यान्सरहरूले प्रायः निश्चित जनसंख्याको उपसमूहलाई मात्र असर गर्दछन् ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.