Last Updated on अप्रिल 30, 2023 by Team THIP
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । एक कप कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्ने उक्त सामग्रीमा दाबी गरिएको छ । हामीले तथ्यजाँचका क्रममा माथि उल्लेखित दाबी आंशिक अधिकतर झूटो रहेको पायौँ ।
दाबी
Melike Kazar नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा कागतीको रस कफीमा मिसाइएको दृश्य देखाइएको छ । उक्त सामग्रीमा राखिएको थमनेलमार्फत् कडा कफीमा कागतीको रस मिसाएर पिउँदा आराम आराम मिल्ने दाबी गरिएको छ । थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘एक कप कडा कफीमा आधा कागतीको रस मिसाएरर पिउँदा आराम मिल्छ । क्याफिनले माइग्रेन कम गर्छ ।’
तथ्यजाँच
मानिसको स्नायु प्रणालीलाई उत्तेजित गर्ने, सतर्कता बढाउने र मुड बढाउने लगायतका काम कफीमा रहेको क्याफिनले गर्दछ । त्यस्तै अर्कोतर्फ सुन्तला र मन्डारिन पछि कागती संसारको तेस्रो सबैभन्दा धेरै उत्पादन हुने सिट्रस फल हो । भिटामिन सी र एन्टिअक्सिडेन्टका साथै अन्य धेरै लाभदायक बिरुवाको समिश्रणको ठूलो स्रोतका रुपमा यिनिहरूलाई चिनिन्छ ।
कफी र कागतीको रस सेवनले दीर्घकालीन रोगमा मद्दत गर्छ?
मानव स्वास्थ्यमा फाइदाजनक प्रभाव पार्ने तत्वहरू कफी र कागतीमा हुन्छन् । दुईवटा तत्वको मिश्रण गर्दा शरीरलाई फाइदा हुन्छ भन्ने विश्वास केही मानिसले गर्दछन् तर उक्त बुझाइमा विज्ञान भने असहमत देखिन्छ ।
कफी र कागतीको छुट्टाछुट्टै सेवनले मानिसको शरीरलाई दीर्घकालीन रोगहरूबाट बचाउन सहयोग गर्दछ । तर, यी दुईलाई मिलाएर सेवन गर्नु र यसले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ भन्ने बुझाइ राख्नु प्रभावकारी हुँदैन ।
कफी र कागतीको फाइदाहरू के हुन्?
हाम्रो शरीरमा फ्री रेडिकलको संख्या कम हुँदा क्यान्सर लगायतका रोगहरू लाग्ने जोखिम हुनेगर्छ । यो अवस्थामा मानव शरीरलाई अत्यधिक मात्रामा रहेका फ्री रेडिकलहरूको हानिकारक असरबाट कफी र कागती दुबैमा रहेको एन्टिअक्सिडेन्टहरूले जोगाउन सक्छ । कफीमा क्याफिन र क्लोरोजेनिक एसिड (सीजीए) रहेको हुन्छ, यो एन्टिअक्सिडेन्ट प्रकृतिले नै सक्रिय यौगिकहरूको रूपमा कफीमा समावेश गराएको हुन्छ ।
कागतीलाई भिटामिन सी र फ्लेभोनोइड्सको एक उच्च स्रोत रहेको प्रमाणले देखाउँछ । यी दुवै शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्, साथै उक्त रिसर्च पेपरले दुवै यौगिकहरूले मुटुका लागि सुरक्षा प्रदान गर्दछन् । यी मध्ये भिटामिन सीले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई सुरक्षित राख्छ र संक्रमणसँग लड्न मद्दत गर्दछ ।
क्याफिन र माइग्रेनको सम्बन्ध के हो?
५० वर्षभन्दा कम उमेरमा हुने एउटा समस्या टाउको दुखाइ र माइग्रेन हो । कफीको क्याफिनमा भासोकन्स्ट्रिक्टर प्रभाव हुन्छ र यसले टाउको तर्फ रक्त प्रवाह कम गर्न र दुखाइ कम गर्न रक्त वाहिकाहरूलाई बलियो बनाउन सक्ने एक परिकल्पनासहितको लेखमा उल्लेख गरिएको छ । क्याफिनले टाउको दुखाइ र माइग्रेनको उपचारमा औषधिको प्रभावलाई बढाउन सक्छ ।उल्लेखित परिकल्पनाको विपरित अर्को अनुसन्धान पत्रले क्याफिनले केही व्यक्तिहरूमा टाउको दुख्ने समस्या निम्त्याउन सक्ने चेतावनीसमेत दिइएको छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने कागतीसँग कफी पिउनाले टाउको दुखाइ कम गर्न पनि सक्छ र टाउको दुख्ने समस्या निम्त्याउन पनि सक्छ । यद्यपी कफी र कागती पिउनाले कसैलाई टाउको दुख्ने समस्या निको हुन्छ भने त्यो क्याफिनका कारणले भएको हुनसक्छ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.