तथ्य जाँच: के विश्व स्वास्थ्य संगठनले ७ वटा दिमागलाई क्षति पुर्याउने बानीको एक सूची जारी गरेको छ?

Published on:

सारांश

एउटा फेसबुक पोस्टमा विश्व स्वास्थ्य संगठन को लोगो सहित ७ वटा दिमागलाई क्षति पुर्याउने बानीहरू सूचीबद्ध गरिएको छ। हामीले सन्देशको स्रोत र सबै ७ दाबीहरू को ’boutमा छानबिन गर्यौ। हाम्रो छानबिनमा उक्त सन्देश झूटो रहेको प्रस्ट भएको छ।

दाबी

एक जना फेसबुक प्रयोगकर्ता द्वारा विश्व स्वास्थ्य संगठन को लोगो सहित उक्त पोष्ट साझा गरिएको थियो, दाबीमा ७ वटा ‘दिमागलाई क्षति पुर्याउने’ बानीहरू सूचीबद्ध गरिएको छ। उक्त पोष्टको संग्रहीत संस्करण यहाँ हेर्न सकिन्छ र यसको एउटा स्न्यापशट तल दिइएको छ:

तथ्य जांच

के यो सन्देश विश्व स्वास्थ्य संगठन द्वारा जारी गरिएको थियो?

होइन, उक्त सन्देश विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा जारी गरिएको थिएन। हामीले डब्ल्यूएचओको वेबसाइटमा मिल्दोजुल्दो प्रकाशन खोज्ने प्रयास गरेका थियौँ तर त्यस्तो कुनै प्रकाशन फेला परेन।
त्यस्तै, (माथि प्रकाशित) दाबी फोटोलाई नजिक बाट हेर्दा फोटोमा व्याकरण र हिज्जे त्रुटिहरूको श्रृंखला रहेको स्पष्ट देख्न सकिन्छ, र त्यसकारण पनि यो सन्देश डब्ल्यूएचओ द्वारा जारी गरिएको आधिकारिक प्रकाशन नभएको कुरा स्पष्ट हुन्छ।

के ती ७ दाबीहरू मध्ये कुनै पनि दाबीमा सत्यता छ?

हामीले प्रत्येक दाबीलाई एक एक गरेर हेर्यौ र तिनीहरू को ’boutमा निम्न छानबिन गर्यौं।

दाबी १: बिहानको खाजा छोड्दा दिमागलाई क्षति हुन्छ

यहाँ यहाँ प्रकाशित धेरै रिपोर्टका अनुसार बिहानको खाजा छोड्नु भोक नलाग्नु र मोटोपना सहित विभिन्न असाध्य स्वास्थ्य रोगहरू सङ्ग सम्बन्धित रहेको छ। तर पनि बिहानको खाजा छोड्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिमागलाई क्षति हुने कुरा सङ्ग सम्बन्धित कुनै विश्वसनीय शोध उपलब्ध छैन।

दाबी २: ढिलो सुत्दा दिमागलाई क्षति हुन्छ

यहाँ यहाँ प्रकाशित अनेकौँ अध्ययनहरूमा निद्राको अभाव वा अपर्याप्त निन्द्राले अल्जाइमर रोग सहित मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्ने कुरा प्रस्ट हुन्छ। तर सुत्ने समय – ढिलो वा चाँडो – कुनै स्वास्थ्य समस्यासँग सम्बन्धित छैन।

दाबी ३: उच्च चिनी उपभोगले दिमागलाई क्षति हुन्छ

चिनीको कम उपभोग दिमाग को कम प्रक्रिया सङ्ग सम्बन्धित हुन्छ। पशु आधारित अध्ययनमा उच्च चिनी उपभोगले पनि स्मरण कुशलतामा क्षति पुर्याएको प्रमाणित भएको छ।

“दिमाग आफ्नो मुख्य ईन्धनको रूपमा चिनी माथि निर्भर हुन्छ। दिमाग यसको बिना रहन सक्दैन,” बेथ इजरायल डेकनेस मेडिकल सेन्टरकी मेडिसिनकी एचएमएस सहयोगी प्रध्यापिका, एमडी, पीएचडी भेरा नोवाक को हार्वर्ड मेडिकल स्कूलको वेबसाइटमा प्रकाशित एउटा लेखमा उद्धृत गरिएको थियो

उक्त लेखमा निम्न कुरा पनि उल्लेख छ, “यद्यपि दिमागलाई ग्लूकोज चाहिएको हुन्छ तर यस ऊर्जा श्रोतको अत्यधिक मात्रा नराम्रो हुन सक्छ। २०१२ मा लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयमा अनुसन्धानकर्ताहरूले जनावरहरूमा गरेको अध्ययनमा चिनीको एक प्रकार फ्रुक्टोजको उपभोग र कोषको बढ्दो उमेरको बीच सकारात्मक सम्बन्ध सङ्केत गरेको छ, जबकी २००९ को मोन्ट्रियल विश्वविद्यालय र बोस्टन कलेजका वैज्ञानिकहरूको टोलीले जनावर नमुना नै प्रयोग गरि गरेको अध्ययनमा समेत अत्यधिक ग्लूकोजको उपभोगलाई स्मृति र संज्ञानात्मक कमी सङ्ग सम्बन्धित रहेको देखाएको छ।”

दाबी ४: बढी सुत्दा दिमागलाई क्षति हुन्छ विशेष गरेर बिहानको समयमा

यस दाबीमा केही सत्यता छ। क्याम्ब्रिज ब्रेन साइंसेज र ब्रेन एण्ड माइन्ड इन्स्टिच्युट द्वारा आयोजित निद्रा अनुसन्धानमा हाम्रो दिमागलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रत्येक राती अधिकतम ७ देखि ८ घण्टा सुत्नु पर्ने कुरा पत्ता लागेको थियो। कम तथा बढी दुबै प्रकारको निद्राले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई कम गर्दछ।

हार्वर्ड स्थित नर्सेज हेल्थ ग्रुप माथि गरिएको अध्ययनमा  पनि धेरै र थोरै दुबै प्रकारको सुत्ने बानी स्मरणशक्ति को लागि राम्रो छैन भनेर प्रस्ट गर्दछ।

बिहान सुत्नु कुनै विशेष स्वास्थ्य समस्या सङ्ग सम्बन्धित रहेको कुरा प्रमाणित भएको छैन।

यद्यपि अनुसन्धानकर्ताहरूले प्रत्येक राती आठ घण्टा भन्दा बढी सुत्दा संज्ञानात्मक क्षमता र तर्क कौशल घट्ने कुरा पत्ता लगाएका छन् तर यसलाई अझै ‘दिमागको क्षति’ भन्न सकिन्छ कि भनेर निश्चित गर्न सकिएको छैन।

दाबी ५: टिभी वा कम्प्युटर हेर्दै गर्दा खाना खानाले दिमागलाई क्षति हुन्छ

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अनुसन्धानमा टिभी हेर्दै गर्दा खाना खाँदा हामी बढी खान्छौ र मोटोपना हुन सक्छ भनेर सुझाव दिएको छ। यद्यपि खाना खानु र टिभी हेर्नु बीचको कुनै प्रत्यक्ष सम्बन्ध स्थापित भएको छैन।

दाबी ६: सुतेको बेला टोपी, स्कार्फ वा मोजा लगाउँदा दिमागमा क्षति हुन्छ

२००७ को एक अध्ययनमा ओछ्यानमा सामान्य वा न्यानो मोजा लगाएका वयस्क छिटो सुत्ने गर्छन् भन्ने कुराको जानकारी दिएको थियोउस्तै अध्ययन १९९१ मा Nature.com मा पनि प्रकाशित भएको थियो।

दाबी ७: पिसाब अवरोध गर्ने / रोक्ने बानीले दिमागलाई क्षति हुन्छ

अनुसन्धानहरूमा स्नायु रोगको कारण मूत्राशय नियन्त्रण वा पिसाब रोकेर राख्ने क्षमता गुमाउने कुरा पत्ता लागेको छ। यद्यपि यसको विपरीत अहिले सम्म प्रमाणित भएको छैन।

पिसाब रोक्नु अनेकौँ स्वास्थ्य समस्या जस्तै मिर्गौलाको पत्थरी, मूत्र पथ सङ्क्रमण आदि सँग सम्बन्धित छ तर दिमागको क्षति ती समस्या मध्ये एक होइन।

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

151,351FansLike
1,143FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health