सारांश

एउटा सोशल मिडिया पोष्टमा दाबी गरिएको छ कि यूनिहर्ब्स हेल्थकेयर द्वारा निर्मित युनि-स्टो भन्ने सिरपले मानव शरीरमा हुने पत्थरी ४ घण्टा भित्र निको पार्न सक्छ। हामीले सोधखोज गरेर थाहा पायौं कि यस्तो सिरप अस्तित्वमा छैन। दावी झुटो छ।
दाबी
यो दावी एक जना फेसबुक प्रयोगकर्ताले तथाकथित जडिबुटी सिरपको प्याकेटको फोटो पोस्ट गरेर गरेको थियो। प्याकेट माथि दिइएको जानकारी अनुसार निर्माता कम्पनीको नाम ‘यूनिहेर्ब्स हेल्थकेयर‘ हो र सिरपको नाम युनि-स्टो हो। प्याकेट माथि ‘मृगौला समस्याहरूको लागि अद्वितीय सूत्र‘ भनेर लेखिएको छ । फोटो सहित लेखिएको छ कि यो विशेष सिरपले मात्र ४ घण्टामा मानव पत्थरी निको पार्न सक्छ।
पोष्टको संग्रहीत संस्करण यहाँ देख्न सकिन्छ।
पोष्टको एउटा स्न्यापशट तल दिइएको छ:

तथ्य जांच
के यूनिहर्ब्स हेल्थकेयर भनिने कुनै कम्पनी छ?
हामीले भारत सरकारको कर्पोरेट मामिला मन्त्रालय सँग सोधखोज गर्यौ। ‘यूनिहर्ब्स हेल्थकेयर’ नामको कुनै पनि कम्पनि दर्ता गरिएको थिएन। मिल्दोजुल्दो नाम भएका २ कम्पनीहरू छन्:
१. आयुर्वेदिक औषधि निर्माण गर्ने कम्पनी युनिहर्बल लाइफसाइन्सेस प्राइवेट लिमिटेड तथा
२. प्रायः तेस्रो पक्ष निर्माताको रूपमा आयुर्वेदिक औषधि नै निर्माण गर्ने कम्पनि यूनि हर्ब्स 4 लाइफ प्रोडक्ट्स प्राइवेट लिमिटेड
हामीले पहिला युनिहर्बल लाइफसाइन्सेस प्राइवेट लिमिटेड संग सोधखोज गर्यौं। कम्पनीले युनि-स्टो उनीहरुको उत्पादन रहेको छैन भनेर पुष्टि गर्यो।
हामीले यूनि हर्ब्स 4 लाइफ प्रोडक्ट्स प्राइवेट लिमिटेड संग पनि सम्पर्क गरेर उनीहरू कुनै तेस्रो पार्टी मार्केटिंग कम्पनीको लागि युनि-स्टो उत्पादन गर्छन् कि भनेर सोधपुछ गर्यौ। यद्यपि हामीले उनीहरूबाट कुनै जवाफ प्राप्त गरेका छैनौं। हामीले जानकारी प्राप्त हुने बित्तिकै यस पोस्टलाई अपडेट गर्नेछौ।
यद्यपि ‘यूनिहर्ब्स हेल्थकेयर’ को लोगो माथिका कुनै पनि कम्पनी सँग मेल खाँदैन। साथै औषधिको प्याकेटमा लेखिएको नाम ‘यूनिहर्ब्स हेल्थकेयर‘ माथिका कम्पनीहरु संग वा भारतमा अन्य दर्ता गरिएको कम्पनी सँग ठ्याक्कै मेल खाँदैन।
तसर्थ ठीक त्यस प्रकारको औषधि वा सप्लिमेन्ट उपलब्ध हुने संभावना धेरै कम छ।
के युनिस्टो भनिने सिरप कुनै अन्य कम्पनी द्वारा निर्मित हुने सम्भावना छ?
युनिस्टो स्विट्जरल्याण्डमा अवस्थित सुरक्षा उत्पादनहरूमा विशेषज्ञता भएको सार्वजनिक कम्पनीको लागि दर्ता गरिएको एउटा ट्रेड मार्क हो। त्यसैले कुनै पनि प्रतिष्ठित कम्पनी द्वारा युनिस्टो नाम भएको वैध उत्पादनको सम्भावना थोरै छ।
यद्यपि धेरै आयुर्वेदिक सुत्रहरू भारतमा स्थानीय स्तरमा बनाइने र बेच्ने गरिन्छ, कतिपय सीमित समयावधि को लागि गरेर बन्द समेत गरिन्छ त्यसैले चित्रमा देखाइएको सिरप भारतको कुनै पनि ठाउँमा किनबेच गरिएको थियो कि थिएन भनेर जान्न गाह्रो छ। हामीले दिल्लीमा रहेका व्यावसयिक आयुर्वेदिक डाक्टर डा राजीव भाटिया (बीएएमएस) संग सम्पर्क गर्यौ, उहौले पुष्टि गर्नु भयो “आयुर्वेदिक सुत्रहरुले मानवीय पत्थरी को मामिलामा केही राम्रो नतिजा देखाएको छ। यद्यपि मैले युनी-स्टो नामको सिरपको बारेमा कहिल्यै सुनेको छैन”।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.