Last Updated on डिसेम्बर 15, 2020 by Team THIP
सारांश
एउटा फेसबुक पोष्टमा दाबी गरिएको छ कि कुल्ला गरेर कोरोनाभाइरसलाई मार्न सकिन्छ । डब्ल्यूएचओले कोरोनाभाइरस विरुद्ध कुल्ला प्रभावकारी रहेको कुनै प्रमाण छैन भनेर स्पष्ट उल्लेख गरेको छ, तैपनि केही अध्ययनले कुल्ला गरेर भाइरस मार्न सकिन्छ र कोभिड -१९ बिरामीको मुखको क्याभिटीमा भाइरसको संख्या कम गर्न सकिन्छ भनेर देखिएको छ। हामी यस सन्देशलाई अर्धसत्य रहेको पाएका छौ।
दाबी
काए रस नामका एक प्रयोगकर्ताले फेसबुकमा साझा गरेको पोष्टमा दाबी गरिएको छ कि कुल्लाले कोरोनाभाइरसलाई मार्न सकिन्छ र यो कोभिड-१९ को लागि उपचार हुन सक्छ। उक्त पोष्टको संग्रहीत संस्करण यहाँ हेर्न सकिन्छ।
तथ्य जांच
कोरोनाभाइरसमा कुल्लाको प्रभावकारिताको बारेमा विश्व स्वास्थ्य संगठनले के भन्छ?
डब्ल्यूएचओको वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि कुल्लाले कुनै पनि व्यक्तिमा नयाँ कोरोनाभाइरस रोकथाममा मद्दत गरेको छ भनेर कुनै प्रमाण छैन।
के कोरोनाभाइरसको विरुद्ध कुल्लाको प्रभावकारिता जाँच्न कुनै अनुसन्धान गरिएको छ?
२९ जुलाई २०२० को जर्नल अफ इन्फेक्शस डिजिज मा “गम्भिर तीव्र श्वसन सिन्ड्रोम कोरोनाभाइरस २ बिरूद्ध विभिन्न मौखिक कुल्ला को भाइरस समाप्त गर्ने प्रभावकारिता” भन्ने एउटा अनुसन्धान प्रकाशित गरिएको छ ।
अनुसन्धानमा सुझाव दिंदै भनिएको छ कि केहि कुल्लाले कोभिड-१९ भएको बेला मुखमा भाइरस को संख्या घटाउन मद्दत गर्दछ। यसको मतलब कोभिड-१९ बिरामीको मुखमा भाइरसहरूको संख्या कुल्ला गरेर घट्छ। यधपी यसले बिरामीलाई निको पार्दैन, तर नयाँ कोरोनाभाइरस हाच्छिउं, खोकी वा कुरा गर्दा भाइरस बाहिर आएर फैलिन्छ र त्यस कारण कुल्ला गर्दा भाइरसको प्रसार घट्ने सम्भावना रहेको छ। अध्ययनका अन्वेषकहरूले सिफारिस गरेका छन्, ‘चयनित फॉर्म्युलेसनको मूल्यांकन क्लिनिकल सन्दर्भमा ‘। यस सन्दर्भमा थप क्लिनिकल अनुसन्धान अझै जारी रहेको छ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.