सारांश

व्हाट्सएपमा एउटा सानो मोबाइल गेम अग्रेषित भइरहेको छ। यो गेम एउटा श्वास फेर्ने व्यायाम हो र यसलाई आत्म कोभिड परीक्षणको रुपमा दावी गरिएको छ। हामीले डाक्टरहरू सँग परामर्श गर्यौ र दावी गलत रहेको कुरा पत्ता लगायौं।
दाबी
यो हाम्रा एक पाठकद्वारा हामीलाई पठाइएको थियो। उहाँले यो गेम कोभिड -१९ को एक मान्य आत्म परीक्षण छ कि छैन जान्न खोज्नु भएको थियो। यस सानो गेममा एउटा वर्ग छ जसमा कर्सर चल्छ र तपाईले दिइएको निर्देशन अनुसार श्वास फेर्नु वा छोड्नु पर्ने हुन्छ। हामीले उक्त गेम तल दिएका छौ। तपाईंले यसलाई रमाईलो गर्न प्रयोग गर्न सक्नुहुन्छ।
तथ्य जांच
यो गेम यस धारणामा आधारित छ कि ‘यदि तपाईंले केहि समयको लागि श्वास रोक्न सक्नुहुन्छ भने तपाईं निश्चित हुन सक्नुहुन्छ कि तपाईंलाई कोभिड -१९ लागेको छैन’। यो यस धारणामा पनि आधारित छ कि सबै कोभिड -१९ बिरामीहरूलाई श्वास फेर्न गाह्रो हुन्छ – जुन सत्य होइन। हामीले यस दाबीको तथ्य जाँच पहिला पनि गरिसकेका छौ। तपाईंले उक्त तथ्य जाँच यहाँ पढ्न सक्नुहुन्छ।
यदि मैले यस परीक्षणमा राम्रो प्रदर्शन गर्न सके भने के यसको अर्थ म कोभिड बाट सुरक्षित छु?
होइन। यसको मतलब यो होइन कि तपाईं कोभिड बाट सुरक्षित हुनुहुन्छ। यसको अर्थ तपाईको फोक्सो र श्वास फेर्ने क्रियामा तपाई को राम्रो नियन्त्रण छ। यसलाई जारी राख्नुहोस्। र कोभिड-१९ बिरूद्ध सबै सिफारिस गरिएको सावधानी अपनाउँन जारी राख्नुहोस्।
म गेम मा भने अनुसार मेरो श्वास रोक्न असफल भइरहेको छु। के यसको अर्थ मलाई कोभिड -१९ लागेको छ?
पक्कै पनि होईन। कोभिद-१९ को लागि एक मात्र परीक्षण मान्य रक्त परीक्षण हो। श्वास रोक्नु मान्य परिक्षण होइन। फोर्टिस अस्पताल दिल्लीका पल्मोनोलोजिष्ट सल्लाहकार संजीव जैनको अनुसार “हामीले श्वास फेर्ने समस्याको गुनासो भएका बिरामीहरू धेरै थोरै भएको देखिरहेका छौं। यो हामीले उपचार गरेका कोभिडका बिरामीहरूको कुल संख्याको आधा भन्दा पनि कम रहेको छ।”
विश्व स्वास्थ्य संगठन को (अगस्त २, २०२० सम्मको) दिशानिर्देशहरू अनुसार पनि, ‘खोकी नगरी वा अप्ठ्यारो महसुस नगरी १० सेकेन्ड वा सोभन्दा बढी समयको लागि श्वास रोक्न सक्षम हुनुको अर्थ यो होइन कि तपाईं कोभिड -१९ बाट मुक्त हुनुहुन्छ।’
के यो गेम कुनै पनि प्रकारले उपयोगी छ? वा यो हानिकारक छ?
गेम चै जनसाधारण को लागि हानिकारक छैन। यो एक नियंत्रित श्वास फेर्ने व्यायाम हो। यसले तपाईलाई कोभिड -१९ बाट जोगाउन सक्दैन।
विभिन्न अनुसन्धानको अनुसार श्वास फेर्न व्यायामले तनाव कम गर्न मद्दत गर्दछ। ब्रिटिश लंग फाउन्डेशनका अनुसार निमोनिया पछि लामो श्वास फेर्दा फोक्सोबाट बलगम हटाउन मद्दत पुर्याउँछ र अधिक हावाको प्रवाहमा मद्दत गर्न सक्छ।
नोट: यो कुनै पनि श्वास फेर्ने व्यायामको लागि सामान्य सिफारिश हो र यो यस विशेष गेमको लागि मात्र होईन।
यदि तपाईं गर्भवती हुनुहुन्छ, बच्चा हुनुहुन्छ वा हाइपरटेन्सन, दम, उच्च रक्तचाप आदि जस्तो रोगबाट पहिला देखि नै पीडित भएको व्यक्ति हुनुहुन्छ भने डाक्टरको परामर्श बिना यस प्रकारका अनियमित व्यायाम गर्न कोसिस नगर्नुहोस्।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.