तथ्य जाँच: के १० सेकेन्ड देखि १ मिनेट सम्म मैले मेरो श्वास रोकेर कोभिड-१९ को आत्म परीक्षण गर्नसक्छु?

Published on:

सारांश

सोशल मिडियामा तपाईंलाई कोभिड-१९ लागेको छ कि भनेर जांच गर्नको  लागि एउटा सेल्फ टेस्टछ भन्ने दाबी गरिएको अनेकौ पोस्टहरू देखा परेका छन्। केही पोष्टहरूमा दावी गरिएको छ कि यदि तपाईले आफ्नो श्वास १० सेकेन्डको लागि रोक्न सक्नुहुन्छ भने तपाईलाई कोभिड-१९ लागेको चैन। अन्य केहि पोष्टहरुमा यो समय १ मिनेट हुने दाबी गरिएको छ। हामीले सोधखोज गरेर पत्ता लगायौ कि श्वास रोकेर कोभिड जाँच गर्न सकिनेयी सबै दावीहरू झुटो रहेका छन्।

दाबी

सोशल मिडियामा मान्छेहरुलाई कोभिड-१९ छ कि छैन बुझ्नको लागि श्वास रोकेर जांच गर्न सुझाव दिने अनेकौ दाबीहरू देखिएका छन्। एउटा पोष्टमा नोवेल कोरोनाभाइरस संक्रमित मान्छेहरुलाई ५०% पल्मोनरी फाइब्रोसिस हुनसक्ने सुझाव दिएको सम्म देखिएको छ। त्यस्तै एउटा पोष्टको संग्रहित संस्करण यहाँ दिइएको छ र त्यसको स्न्यापशट तल देख्न सकिन्छ।

प्रख्यात योगगुरु रामदेवले पनि यस्तै प्रत्यक्ष दाबी गरेर मान्छेहरुलाई १ मिनेट सम्म श्वास रोकेर कोभिड १९ बाट संक्रमित भएको नभएको पत्ता लगाउन भनेका थिए।

तथ्य जांच

के कोभिड -१९ को लागी कुनै आत्म परीक्षण उपलब्ध छ?

विश्वभरमा विभिन्न संगठनहरु द्वारा शुरू गरिएका अनेकौ अनलाइन लक्षण परीक्षकहरु उपलब्ध छन्। भारत सरकारको आधिकारिक एप आरोग्य सेतु मा पनि देखा पर्ने लक्षणहरु जस्तै ज्वरो, घाँटी दुख्ने, थकान, सुख्खा खोकी आदि मा आधारित कोभिड-१९ को लागि स्वत: मूल्यांकन उपलब्ध छ। यदि लक्षणहरूले संक्रमित भएको संकेत दिन्छ भने बिरामीहरुलाई कोभिड-१९ छ कि छैन निश्चित गर्न

थप रगत जाँचको लागि सल्लाह दिइन्छ। युएसएफडीएले भर्खरै घरमै कोभिड-१९ को आत्म परीक्षण गर्ने रगत परीक्षण किटलाई अनुमोदन गरेको छ। यी परीक्षणहरू डाक्टरको परामर्श र निर्देशनहरू अनुसार नै गरिनु पर्छ।

तर श्वास रोक्नुलक्षण जाँच गर्ने तरिका वा रोगका लागि मान्य परीक्षण होइन।

के कोभिड-१९ का सबै बिरामीहरूलाई श्वास फेर्न गाह्रो हुन्छ?

सबै कोभिड-१९ का बिरामीहरूलाई समान लक्षण हुँदैन। साथै कुनै विशेष लक्षणको गम्भीरता व्यक्ति अनुसार फरक हुनसक्छ।

फोर्टिस अस्पताल दिल्लीका पल्मोनोलोजिष्ट सल्लाहकार संजीव जैनको अनुसार “हामीले श्वास फेर्ने समस्याको गुनासो भएका बिरामीहरू धेरै थोरै भएको देखिरहेका छौं। यो हामीले उपचार गरेका कोभिडका बिरामीहरूको कुल संख्याको आधा भन्दा पनि कम रहेको छ।

त्यसैले सबै बिरामीहरूलाई श्वास फेर्न समस्या हुनेछवा यदि तपाईंलाई कोभिड-१९ लागेको छ भने तपाईंले श्वास रोक्न सक्नुहुन्नभन्नु ठिक होइन।

फोक्सोको फाइब्रोसिस भनेको के हो? के सबै कोरोनाभाइरस बिरामीहरुलाई ५०% प्रतिशत पल्मोनरी फाइब्रोसिस हुनेछ?

पल्मोनरी फाइब्रोसिस (पीएफ) इन्टर्स्टिशियल फोक्सोको रोगको एक रूप हो जुन फोक्सोमा घाउको निशान छोड्दै जान्छ। यो एक बढ्दै जाने रोग हो र उमेर वा समयसँगै बढ्दै जान्छ। यस रोगमा फोक्सोको टिश्यूहरु कठोर हुन्छन् र फोक्सो फुल्न र खुम्चिन सजिलो हुदैन तथा बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ।

डा जैन भन्छन्, “गम्भीर श्वासप्रश्वास जटिलता भएका बिरामीहरूलाई गम्भीर एआरडीएस हुनसक्ने सम्भावना हुन्छ र त्यसपछि फोक्सोको फाइब्रोसिस पनि हुनसक्छ। तर यसको अर्थ यो होइन कि प्रत्येक कोभिड बिरामीलाई फोक्सोको फाइब्रोसिस हुनेछ। पल्मोनरी फाइब्रोसिसको मामिलामा पनि यो ५०% हुनसक्ने माप गर्न त्यस्तो कुनै अध्ययन गरिएको छैन । त्यस्ता बिरामीहरूको उपचारको लागि विशेषज्ञताको आधारमा अस्पताल अनुसार जानकारी फरक हुनसक्छ।

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

151,312FansLike
1,145FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health