fbpx
Ad

तथ्य जाँच: के लसुनले क्यान्सर निको पार्न सक्छ?

Published on:

सारांश

एउटा फेसबुक पोष्टमा दावी गरिएको छ कि लसुनले क्यान्सर निको पार्न सक्छ। हामीले छानबिन गरेर पत्ता लगायौं कि अनुसन्धानहरुमा लसुनले क्यान्सर को रोकथाम गर्न सकेको देखियो तर क्यान्सरलाई निको पार्ने कुनै प्रमाण देखिएको छैन । हामीले यो दावी प्राय: झुटो रहेको पायौ।

दाबी

Cure 4 Cancer भन्ने फेसबुक पेजमा एउटा पोस्ट साझा गर्दै दाबी गरिएको छ कि “लसुनले दिमागको क्यान्सर कोषहरूलाई साइड इफेक्ट बिना मार्दछ” । यो दावी संग थप व्याख्या दिंदै लेखिएको छ कि यो दावी अनुसन्धानकर्ताहरूको अनुसार हो र जर्नल क्यान्सरमा प्रकाशित समेत गरिएको थियो। 

उक्त पोष्टको एउटा स्न्यापशट तल दिइएको छ र यसको संग्रहित संस्करण यहाँ हेर्न सकिन्छ

तथ्य जांच

के ‘जर्नल क्यान्सर’ भन्ने कुनै पत्रिका उपलब्ध छ?

यस नाम सँग मिल्दोजुल्दो पत्रिकाहरू उपलब्ध छन्। उदाहरणका लागि: इन्टरनेसनल जर्नल अफ क्यान्सर, दि क्यान्सर जर्नल आदि। यद्यपि ठ्याक्कै ‘जर्नल क्यान्सर’ नाम भएको कुनै पनि पत्रिका हामीले पत्ता लगाउन सकेनौ।

के क्यान्सरमा लसुनको प्रभाव सँग सम्बन्धित कुनै अनुसन्धान गरिएको छ?

अमेरिकी क्यान्सर अनुसन्धान संस्थानका अनुसार, “प्रयोगशाला अनुसन्धानमा लसुनमा रहेको अलियम यौगिकहरूले क्यान्सर विरोधी गतिविधि प्रदान गरेको देखिएको छ, तर मानव अध्ययनमा लसुनले क्यान्सरको जोखिम कम गर्न सक्ने कुरामा समर्थनको अभाव रहेको छ।” यद्यपि उक्त संस्थानको वेबसाइटमा “क्यान्सर रोकथामका लागि लसुन खानु” राम्रो विचार हो भन्ने सुझाव पनि दिइएको छ

२०१८ मा प्रकाशित अर्को अनुसन्धानमा लसुनको अर्कले क्यान्सर कोषहरूको बृद्धि रोक्न सक्छ भन्ने कुरा पत्ता लाग्यो।

मार्च २०२० मा साइन्सडाइरेक्टमा प्रकाशित हालको एउटा रिपोर्टमा अनुसन्धानकर्ताहरूको एउटा समूहले मुसामा कच्चा लसुन को अर्क को इन्जेक्सन दिएर क्यान्सर निको पार्न सकेको दाबी गरेका छन्। यद्यपि अनुसन्धानकर्ताहरूले यसको निष्कर्षमा उल्लेख गरे कि “लसुनको नयाँ गुणहरू पत्ता लगाउन अझ बढी तर्कसंगत तरिकाले डिजाइन गरिएका प्रयोगहरू र परीक्षणहरू गर्न आवश्यक छ।”

के लसुनलाई औषधीको रूपमा मान्न सकिन्छ? के यसले क्यान्सरलाई निको पार्न सक्छ? के मैले केमोथेरापीको सट्टा लसुन उपभोग गर्न रोज्नु पर्छ?

होइन। लसुनले क्यान्सर रोकथाममा मद्दत पुर्याउन सक्छ। यसले क्यान्सरसँग लड्न पनि मद्दत गर्नसक्छ। यद्यपि अहिले सम्म कुनै निर्णायक चिकित्सकीय प्रमाण उपलब्ध छैन।

लसुनलाई आयुर्वेद र युनानी औषधीय पद्दति अन्तर्गत अत्यन्त प्रभावकारी औषधीय गुणहरू भएको एउटा जडिबुटी मानिन्छ। वैकल्पिक औषधीय चिकित्सकहरूले प्राय उच्च कोलेस्ट्रॉल र अन्य रोगहरूको उपचारको लागि लसुनको प्रयोग गर्ने गरेका छन्।

यद्यपि लसुन क्यान्सरको लागि एक उपचारको रुपमा प्रमाणित भएको छैन। यसले क्यान्सर रोकथाम गर्न सक्छ (माथि उल्लेखित अनुसन्धानहरूमा सुझाव दिए अनुसार) तर यो क्यान्सरको उपचारमा प्रभावकारी हुनेछ भन्ने कुनै प्रमाण छैन। यसलाई केमोथेरापीको विकल्पको रूपमा मान्नु हुँदैन।

इन्द्रप्रस्थ अपोलो अस्पतालका वरिष्ठ मेडिकल अन्कोलॉजिस्ट डा मनीष सिंघल ले उल्लेख गर्छन् “क्यान्सर कोषहरूमा लसुन र बेसार दुबैको प्रभावसँग सम्बन्धित धेरै अनुसन्धानहरू भएका छन्। केही नतीजाहरूमा सकारात्मक परिणाम पनि प्राप्त भएका छन्। तर हामीले यो बुझ्नु आवश्यक छ कि यस्ता धेरैजसो अनुसन्धानहरु क्यान्सर भएका व्यक्ति माथि गरिएको छैन बरु पेट्री डिशमा मात्र गरिएका छन्। लसुन वा हल्दी कति मात्रामा सेवन गर्नुपर्दछ भन्ने प्रमाण हामीसँग छैन र यी जडिबुटीहरूको अधिक मात्रामा सेवन गरेर क्यान्सर निको पार्न सकिन्छ भन्ने बिश्वास गलत हो।” यस ’boutमा डा सिंघलको पूर्ण भिडियो व्यक्तव्य हेर्नुहोस्:

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

2,668FansLike
0FollowersFollow
250SubscribersSubscribe

Read More

तथ्य जाँच: के मोजा लगाएर सुत्नु नराम्रो कुरा हो?

सारांश प्रसारित भएको एउटा ह्वाट्सेप सन्देशमा रातिमा मोजा लगाएर सुत्दा दिमागलाई हानी हुन्छ भन्ने सुझाव दिएको छ। उक्त प्रश्न अनेकौँ अनलाइन फोरमहरूमा पनि छलफल गरिएको...

अद्यावधिक तथ्य जाँच: के डेटोलले कोभिड-१९ फैलाउने कोरोनाभाइरसलाई मार्न सक्छ?

टिप्पणी: यो उक्त विषयमा यस भन्दा पहिला प्रकाशित लेखको अद्यावधिक गरिएको तथ्य जाँच हो - डेटोलले कोरोनाभाइरसलाई मार्न सक्छ। नयाँ अनुसन्धान खोज को कारण...

तथ्य जाँच: अण्डा र केरा एक साथ खानु हानिकारक छ

सारांश एक सामाजिक सञ्जाल पोष्टमा दाबी गरिएको छ कि अण्डा र केरा एक साथ खानु हानिकारक हुन्छ। हामीले यस बारेमा तथ्य जाँच गर्यौं र पत्ता...

तथ्य जाँच: अल्जाइमरको परीक्षण: फोटोमा ऊँट कहाँ छ?

सारांश तथ्य जाँच गर्ने व्यक्तिहरू द्वारा अनेकौँ पटक खारेज गरिए पनि यो परीक्षण सामाजिक सञ्जाल, फोरमहरू र यूट्यूब भिडियोमा अझैसम्म उपलब्ध छ। यो विभिन्न जनावरहरूको...

तथ्य जाँच: आजको अत्याधिक प्रयोग हुने शब्द ‘इम्यूनिटी बूस्टर’

सारांश अहिलेको महामारीले लोकप्रिय शब्द "इम्युनिटी बूस्टर" लाई जन्म दिएको छ। वैकल्पिक औषधि ब्रान्ड तथा एफएमसीजी कम्पनीहरूले समेत आफ्नो उत्पादनहरू सँग यो शब्द जोड्न थालेका...

तथ्य जाँच: ई-कमर्स वेबसाइट चैम्प फिट द्वारा जारी गरिएको भिडियोमा बाफले कोरोना भाइरस मार्ने दाबी गरिएको छ

सारांश युट्यूबमा Champ.fit भनिने च्यानल द्वारा अपलोड गरिएको एउटा भिडियोमा दाबी गरिएको छ की बाफले कोरोना भाइरसलाई मार्न मद्दत गर्दछ र कोरोना भाइरस ७० डिग्रीको...

THE HEALTHY INDIAN PROJECT'S E-MAGAZINE:

INDIA'S TRYST WITH ALTERNATIVE MEDICINES DURING COVID-19

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

×

Hello!

Not convinced of a health information or news you have read on social media or received as a forward on WhatsApp? Our Fact Checkers will help you. Send us the information and we will Fact Check it for you.

× Want us to verify the truth of a health fact?