सारांश

एक जना फेसबुक प्रयोगकर्ताले एउटा मेसेज प्रकाशित गरेर दावा गरेका छन् कि मास्कको प्रयोगले मान्छेलाई फोक्सोमा फंगल संक्रमण भइरहेको छ। हामीले त्यस्तो सम्भावना बारे तथ्य जाँच गर्यौ र थाहा पायौ कि फोहोरी मास्कहरू वा फोहोर अवस्थामा राखिएका मास्कहरुको प्रयोगले मात्र फंगल संक्रमण हुन सक्छ। हामीले यो मेसेज प्राय जसो झुटो रहेको पायौ।
दाबी
एउटा फेसबुक पोष्टमा दाबी गरिएको छ कि मास्क लगाउनुले मान्छेहरुमा फोक्सोको संक्रमण हुँदैछ। उक्त पोष्टमा मानिसहरूलाई मास्कबाट ‘ब्रेक लिन‘ सल्लाह दिइएको छ। उक्त पोष्टको एक संग्रहीत संस्करण यहाँ देख्न सकिन्छ र यसको एक स्न्याप्शट तल दिइएको छ:

तथ्य जांच
फोक्सोमा फंगल संक्रमण कसलाई लाग्न सक्छ?
सीडीसीको वेबसाइटको अनुसार कोही पनि मान्छेलाई कुनै पनि समयमा फंगल संक्रमण हुन सक्छ। हामी हाम्रो जीवनमा दैनिक रुपमा फंगल बीजाणुको सम्पर्कमा आइरहनछौ र धेरैजसो ति फंगल बिजाणुहरु श्वास द्वारा हाम्रो भित्र पनि गईरहेको हुन्छ। प्राय जसो हाम्रो शरीरको प्रतिरक्षा प्रणाली यी फंगल बीजाणुहरू विरुद्ध लड्न सक्षम हुन्छ र हामीले त्यस्तो कुनै समस्याको सामना पनि गर्नुपर्दैन। तर कमजोर प्रतिरक्षा प्रणाली भएका वा पहिला देखि नै रोग लागेका व्यक्तिहरू फंगल द्वारा बिरामी हुनसक्छन।
के तपाईं मास्क लगाएर फंगल संक्रमित हुन सक्नुहुन्छ?

सामान्यतया तपाईंले मास्क लगाएको कारण फंगल संक्रमण हुने सम्भावना हुँदैन। फोर्टिस अस्पताल दिल्लीका पल्मोनोलोजिष्ट सल्लाहकार डा संजीव जैन भन्छन्, “फंगल संक्रमण मास्कको प्रकार को आधारमा हुदैन। या त मास्क लगाउने व्यक्ति त्यस्तो वातावरणमा रहेको हुनुपर्छ वा त्यस व्यक्तिको प्राथमिक शारीरिक अवस्था त्यस्तो हुन सक्छ जसकारण उसलाई संक्रमणको जोखिम रहेको अवस्था हुनसक्छ”।
तर यदि मास्कहरू सफा छैनन् (पुन: प्रयोग गरिएको, फोहोरी, फोहोर हातले छोइएको) भने के हुन्छ? के त्यस्ता मास्कले फोक्सोमा फंगल संक्रमण हुन सक्छ?
डा जैनको अनुसार यसो हुनसक्ने सम्भावना उच्च रहेको हुन्छ। उनी भन्छन् “यदि मास्क राम्रो अवस्थामा राखिएको छैन भने मास्कमा फंगस उम्रन सक्छ र त्यस्ता मस्क को प्रयोगले फोक्सो संक्रमण हुन सक्छ”। अधिकांश भारतीयहरूले मास्कको पुन: प्रयोग गरेका छन् वा मास्कको सन्दर्भमा उचित स्वच्छता वा डिस्पोजल प्रणाली कायम गरेका छैनन् जस कारण मास्क द्वारा विषाक्तता हुने सम्भावना उच्च रहेको हुन्छ। डा जैन भन्छन्, “फोहोरी मास्कको अर्थ त्यो सफा छैन र पहिला देखि नै दूषित रहेको छ। फोहोरी मास्क लगाउनु भनेको फंगल वा सामान्य ब्याक्टेरिया संक्रमण सहित कुनै पनि प्रकारको फोक्सो को संक्रमण हुनसक्छ। ”
के मास्क लगाएर संक्रमण हुन सक्ने कुनै अन्य सम्भावना छ?
हामीले मास्कको लामो प्रयोगबाट हुनसक्ने केहि श्वास सम्बन्धि समस्याहरूको बारेमा विस्तृत लेख लेखेका छौं।

यस बाहेक एनआरएस मेडिकल कलेज र अस्पतालकी एमडी सहायक प्राध्यापक, डर्म्याटोलोजी डा जोइता चौधरी भन्छिन, “मान्छेहरु फुटपाथबाट मास्क किन्दै छन्। यी मास्कहरू राम्रोसँग सफा गर्नु वा जीवाणुरहित बनाउनु आवश्यक छ। अन्यथा छालामा संक्रमण हुने सम्भावना हुन्छ। विभिन्न प्रिन्ट गरिएका मास्क लगाउने फेसन पनि छ। यस्ता मास्कहरूमा छपाई को लागि प्रयोग गरिएको सस्तो गुणस्तरको मसी पनि छाला संक्रमणको कारण हुन सक्छ। यद्यपि हामीले यस प्रकारका एकदम भिन्नै मामिलाहरु एक दुई वटा मात्र देखेका छौं “
के त्यसोभए मैले मास्क लगाउन छोड्नुपर्छ? पक्कै पनि होईन। यति बेला मास्कहरू अत्यावश्यक वस्तु हो विशेष गरी यदि तपाईं भीड भएका क्षेत्रहरूमा यात्रा गर्दै हुनुहुन्छ वा सार्वजनिक क्षेत्रहरू भएर जाँदै हुनुहुन्छ। यद्यपि कुनै संक्रमण बाट जोगिन उचित स्वच्छता कायम गर्नु तथा तपाई को मास्क सफा राख्नु आवश्यक छ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.