सारांश

फेसबुकमा एउटा भाइरल सन्देशमा भर्खरै ग्लेन्मार्क फार्मास्यूटिकल्सले कोविड-१९ को उपचारको लागि प्रति ट्याब्लेट रुपिया १०३ को दरले सुरु गरेको औषधि फाबिफ्लु लाइभेल्थ बायोफर्मा द्वारा निर्मित लिवफाविर संग समान संरचनाको रहेको तथा फाबिफ्लु भन्दा धेरै सस्तो रहेको दाबी गरिएको छ। हामीले यस ’boutमा छानबिन गर्यौ र सन्देश प्रायः झुटो रहेको थाहा पायौं।
दाबी
फेसबुक पोष्टमा दाबी गरिएको छ कि “ग्लेनमार्क द्वारा निर्मित फाबिफ्लु २०० मिलीग्राम को दर १०३ रुपियाँ प्रति ट्याबलेट राखिएको छ। मैले सोधखोज गरेपछि थाहा पाएँ कि फाविपिरावीरको एउटा ब्रान्ड मुम्बई स्थित कम्पनि लाइभेल्थ द्वारा मार्केटिंग गरिएको लिवफाविर को नामले पहिले देखि नै भारतीय बजारमा उपलब्ध छ — र लिवफाविर २०० मिलिग्राम को दस ट्याब्लेटको स्ट्रिप को मूल्य २०० रुपियाँ छ — अर्थात् २० रुपियाँ प्रति ट्याबलेट (ग्लेनमार्क ब्रान्डको तुलनामा १/५ भन्दा पनि कम) “
फेसबुक पोष्टको स्न्यापशट तल दिइएको छ र यसको अभिलेखित संस्करण यहाँ हेर्न सकिन्छ।
तथ्य जांच
फाबिफ्लु के हो?
फाबिफ्लु ग्लेनमार्क फार्मास्यूटिकल्स द्वारा निर्मित प्रिस्क्रिप्शन आधारित वायरस बिरुद्धको औषधि हो। औषधीको मुख्य घटक फाविपिरावीर हो र जापानमा इन्फ्लूएन्जाको उपचारको लागि यो औषधि अनुमोदित गरिएको छ। यसले भाइरको प्रजननको लागि आवश्यक आरएनए पोलीमेरेजलाई चयन गरेरे अवरोध गर्दछ।
भारतमा फाबिफ्लुको ३४ ट्याब्लेटको स्ट्रिपको मूल्य रुपियाँ ३५०० राखिएको छ, अर्थात् रुपियाँ १०३ प्रति ट्याब्लेट।
लिवफाविर के हो? के यो फाबिफ्लु भन्दा सस्तो छ?
लिवफाविर लाईभेल्थ बायोफर्मा द्वारा निर्मित एउटा ब्रान्डेड औषधि हो। फाबिफ्लु झैँ लिवफाविर को सामान्य घटक पनि फाविपिरावीर नै हो।
के लिवफाविर फाबिफ्लु भन्दा सस्तो छ?

हुनत लिवफाविरको सुरुवाती मूल्य फाबिफ्लु भन्दा कम राखिएको थियो तर कम्पनीले उनीहरूको मार्केटिंग टोली द्वारा गल्ती भएको दाबी गरेको छ।
“हामीले प्रति ट्याबलेट २०० रूपैयाँ लेख्नु पर्ने थियो र यस उत्पादनका लागि हामीले अनुमति पनि प्राप्त गरिसकेका थियौ। यद्यपि अहिले वा भविष्यमा यो उत्पादन सुरु गर्ने वा बेच्ने हाम्रो योजना छैनौं र हामीले सबै विज्ञापनहरू फिर्ता लिएका छौ,” लाइभेल्थ बायोफर्माका निर्देशक संजय पाटिलले बूम लाइभलाई बताए।
लाइभेल्थ बायोफर्माले यस ’boutमा आधिकारिक ट्विटर वक्तव्य पनि जारी गरिसकेको छ।
के लिवफाविर अहिले कहिँ पनि उपलब्ध छ?
कम्पनीले बजारबाट सम्पूर्ण उत्पादन फिर्ता लिएको दाबी गरेको छ।
हामीले गुड़गाउँ, बंगलोर र कोलकाताका केहि औषधि पसलहरुसँग सोधपुछ गरेका छौं र ति सबैले उनीहरु संग लिवफाविर उपलब्ध नभएको पुष्टि गरेका छन्। हामीले 1MG, Medlife, Pharmeasy सहित सबै प्रमुख भारतीय अनलाइन फार्मेसीहरू जाँच गरेका छौं र लिवफाविर त्यहाँ पनि उपलब्ध छैन।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.