सारांश
बच्चाको उचाइ समस्यासँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेको छ। उक्त सामग्रीमा दुबोको रस सेवन गर्दा बच्चाको उचाइ बढ्ने दाबी गरिएको छ ।हामीले दावीको अनुसन्धान गर्दा यो गलत भएको पायौं।

दाबी
puja g.c नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा दुबोको दृश्य जोडिएको छ । साथै उक्त सामग्रीमा जोडिएको आजावमा भनिएको छ- ‘बच्चाको हाइट बढेन भने, यो हो दुबो । यहाँहरुलाई मैले दुबोको लहरो देखाइरहेको छु र यो दुबोको लहरोलाई पिस्नुहोस् र १० ग्रामदेखि २० ग्राम दुबो लिने पिसेर रस निकाल्ने र दुधमा उमालेर खुवाइदिनुोस् बच्चाको हाइट बढ्छ ।’
के दुबो घाँसको सेवनले बालबालिकाको उचाइ वृद्धि हुन्छ त ? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच
के दुबो घाँस (Cynodon dactylon) ले बालबालिकाको उचाइ बढाउँछ?
दुबो घाँस (Cynodon dactylon) को सेवनले बालबालिकाको उचाइ वृद्धिसँग कुनै प्रमाणित सम्बन्ध छैन । दुबोलाई ज्वरोको लागि परम्परागत उपचारमा प्रयोग गरिन्छ, यसलाई उचाइ बढाउनको लागि प्रयोग गरिँदैन । मानव उचाइ धेरै हदसम्म आनुवंशिकी र शरीरको वृद्धि हार्मोनको उत्पादनमा निर्भर हुन्छ ।
मानव उचाइ वास्तवमा के–के कुराले निर्धारण गर्छ?
बच्चाको उचाइलाई प्रायः आनुवंशिकी, त्यसपछि पोषण र समग्र स्वास्थ्य अवस्थाले निर्धारण गर्दछ । बच्चा कति अग्लो हुन्छ भन्ने कुरा मुख्यतया आमाबाबुको उचाइले निर्धारण गर्छ । बच्चाको बढ्दो उमेरमा पोषणले प्रमुख सहयोगी भूमिका खेल्छ । विशेष गरी प्रोटीन, क्याल्सियम, जिंक, फलाम र भिटामिन डी यसमा महत्वपूर्ण छ । साथै शारीरिक गतिविधिले पनि यसमा महत्व राख्छ ।
के रोग, तनाव र हार्मोनल समस्याले बच्चाको उचाइलाई असर गर्छ?
रोग, तनाव र हार्मोनल समस्याहरूले पनि बच्चाको उचाइलाई असर गर्न सक्छ । यद्यपी, कुनैपनि घाँसले बच्चाको उचाईंलाई बढाउँदैन ।

यस विषयमा हामीले बैंगलोरको क्लिनिक लिभिङ प्लसकी वरिष्ठ पोषणविद् मानसी बन्दुनीसँग कुराकानी गर्यौँ । उनी भन्छिन्, ’अग्लो हुने चाहना आमाबाबु, किशोरकिशोरी वा ३० वर्ष उमेर पुगेका वयस्कहरूका लागि सामान्य हो । तर यो बुझ्नु महत्त्वपूर्ण छ कि उचाइ प्रायः आनुवंशिकी र जीवनको सुरुवातमा व्यक्तिले पाउने पोषणको प्रकारबाट प्रभावित हुन्छ । ती वर्षहरूमा मानसिक स्वास्थ्यले पनि वृद्धिलाई असर गर्न सक्छ । प्रस्तुत दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैन।’
बच्चाको उचाइ बढाउन हर्बल उपचारमा भरपर्दा वास्तविक समाधानहरूमा ढिलाइ हुन सक्छ । यदि तपाईं आफ्नो बच्चाको उचाई वृद्धिको बारेमा चिन्तित हुनुहुन्छ भने पहिलो चरण भनेको बाल रोग विशेषज्ञसँग परामर्श गर्नु हो । बच्चालाई दुबो सेवन गराउनु उत्तम उपाय होइन ।
निष्कर्ष
दुबोको रस खुवाउँदा बच्चाको उचाइ बढ्छ भन्ने विश्वासलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन । दुबो घाँस बच्चाको उचाइ बढाउने चमत्कारी जडीबुटी होइन । स्वस्थ जीवनशैली, राम्रो पोषण, पर्याप्त निद्रा र चिकित्सा मार्गदर्शन नै बच्चाको उचाइ वृद्धि गर्ने वास्तविक उपाय हो ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
