सारांश
एउटा सामाजिक सञ्जाल पोस्टमा दाबी गरिएको छ कि उमालेको पानीमा बिरेनुन, कपूर र कागती मिसाएर खुट्टा भिजाउँदा खुट्टा र घुँडाको दुखाइ निको हुन्छ। हामीले दावीको तथ्य जाँच गर्यौं र यो गलत भएको पायौं।

दाबी
Bhuban Kc नामक फेसबुक पोस्ट भिडियोमा एकजना महिलाले स्वास्थ्य सुझाव दिइरहेकी छन् । उनले बिरेनुन, खाने कपुर र कागती मिसाएर उमालेको पानीमा खुट्टालाई सेकाएरसमेत देखाएकी छन् । साथै यस प्रयोगबाट खुट्टा र घुँडाको दुखाइ निको हुने दाबी गरेकी छन् ।

तथ्य जाँच
के बिरेनुन, कपुर र कागतीको प्रयोगले खुट्टा वा घुँडाको दुखाइ साँच्चै निको पार्न सक्छ?
बिरेनुन, कपुर र कागती प्रयोगले खुट्टा वा घुँडाको दुखाइ निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन। यद्यपी, तातो पानीले दुखाइलाई केही समयको लागि मात्रै राहत दिन सक्छ, त्यो पनि पानीको तातोपनका कारण ।
अर्कोतर्फ कपुरमा हल्का चिसोपन उत्पन्न गर्ने गुणहरु हुन्छन् । यसलाई क्रिम वा बामको रूपमा प्रयोग गर्दा कहिलेकाहीँ यसले छालालाई थोरै समयको लागि सुन्न बनाउन सक्छ। तर, यसको मात्रा वा प्रभाव शरीरभित्रको भागसम्म पुग्दैन, जसले दुखाइलाई कम गर्न सकोस् ।

नवी मुम्बईका जनरल फिजिसियन, डिजिटल हेल्थमा पीजी, पारिवारिक चिकित्सामा डिप्लोमा डा. अल्मास फातमा बताउँछन्, “कपूर र कागतीमा खुट्टा भिजाउँदा खुट्टाको दुखाइ वा दुखाइबाट प्रत्यक्ष रूपमा राहत मिल्छ भन्ने कुनै बलियो प्रमाण छैन। तातो पानीले मांसपेशीहरूलाई आराम दिन र रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ, तर छाला मार्फत अन्य चीजहरूको अवशोषण राम्रोसँग प्रमाणित भएको छैन। मानिसहरूले महसुस गर्ने कुनै पनि राहत अन्य चीजहरू भन्दा न्यानोपन र आरामको कारणले हुने सम्भावना हुन्छ।”
कागतीमा भएको भिटामिन C ले छाला वा जोर्नीको दुखाइ घटाउन मद्दत गर्छ?
त्यस्तै कागतीमा भिटामिन सी त हुन्छ तर यसमा छालाको दुखाइ कम गर्ने कुनै गुण हुँदैन । बिरेनुन मुख्यतया खनिज र स्वादका लागि उत्पादन र प्रयोग गरिन्छ । यो कुनै औषधि होइन । यदि दुखाइ लगातार भइरहन्छ वा गाठोबाथ (arthritis), नसामा समस्या वा चोटपटक लागेको छ भने भने यसको उपचार उचित चिकित्सकीय सहयोगबाट मात्र सम्भव हुन्छ ।
दुखेको खुट्टालाई तातो पानीमा भिजाउँदा यसले अस्थायी रूपमा मांसपेशीहरूलाई आराम दिन सक्छ । यसको मतलब यो होइन कि सम्पूर्ण वैज्ञानिक उपचार यसका अगाडि बेकार छन् । खुट्टालाई तातो पानीमा भिजाउँदा रक्त प्रवाह बढ्न सक्छ, जसले थकित मांसपेशीहरूलाई शान्त पार्न र सुन्निने कम हुनसक्छ । तर, यो आराम हो, उपचार होइन । यसले संरचनात्मक जोर्नी समस्याहरू समाधान गर्दैन, पुरानो सूजन कम गर्दैन र घुँडाभित्रको क्षतिलाई निको पार्दैन ।
खुट्टा वा घुँडाको दुखाइ कहिले गम्भीर समस्या संकेत हुन सक्छ?
खुट्टा वा घुँडाको दुखाइ धेरै समय रहिरह्यो भने स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नु आवश्यक छ । प्राकृतिक वा घरेलु उपचार सधैँ प्रभावकारी हुँदैन । उपयुक्त उपचारमा ढिलाई वा लापरवाही भयो भने समस्या झनै जटिन हुनसक्छ ।
बिरेनुन, कपुर र कागती मिसाएर तातो पानीमा खुट्टा भिजाउँदा आरामदायी महसुस हुन सक्छ । तर यसले खुट्टा वा घुँडाको दुखाइ निको गर्दैन । तातो पानीको तातोपनले खुट्टामा केही समयको लागि राहत दिनसक्छ । तर, एकछिनको आरामलाई उपचारसँग तुलना गर्दा भ्राम उत्पन्न भएको छ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
