Last Updated on जुलाई 22, 2020 by Team THIP
सारांश
कोरोनाभाइरस उपचारको बारेमा अर्को दावी सोसल मिडियामा उत्पन्न भएको छ। यस दाबीमा तातो चिया खाने, श्वास द्वारा बाफ लिने र तातो पानीले गार्गल गर्ने जस्ता कुराहरु उल्लेख गरिएका छन्। हामीले तथ्य जाँच गरेर उक्त दाबी झुटो भएको पत्ता लगाएका छौ।
दाबी
एउटा सोसल मिडिया पोष्टमा एक जना प्रयोगकर्ताले यसो लेखेको छ, “चिनियाँहरु कोरोना भाइरस को लागी कुनै औषधि वा कुनै खोप सेवन गरिरहेका छैनन्। प्रत्येक घर कोरोना भाइरसको केस रहेको छ। उनीहरू उपचारका लागि अस्पताल जान बन्द गरेका छन्। उनीहरु बरु ताप द्वारा भाइरसलाई मार्ने गरेका छन्। दिनमा ४ पटक भाँडा बाट धेरै तातो बाफ श्वास द्वारा लिन्छन। दिनमा ४ पटक तातो पानीले गार्गल गर्छन। दिनमा ४ पटक तातो चिया खान्छन। भाइरस ४ दिनमै मर्छ। पाँचौं दिन तिनीहरूको कोरोना संक्रमण समाप्त हुन्छ। ”
पोष्टको एउटा स्न्यापशट तल दिइएको छ र यसको संग्रहित संस्करण यहाँ हेर्न सकिन्छ।
तथ्य जांच
यो एक नक्कली दाबी हो र हामीले पहिला पनि तथ्य जांच गरिसकेका अन्य दावीहरू जस्तै मिल्दोजुल्दो रहेको छ। तपाईंले ति दाबीहरूको बारेमा यहाँ र यहाँ पढ्न सक्नुहुन्छ।
के कोभिड-१९ को औषधि को लागि चीन चिन्तित छैन?
चिनियाँ शोधकर्ताहरु निरन्तर कोभिड-१९ निको पार्ने औषधिको बारेमा अनुसन्धान गरिरहेका छन्। चिनियाँ वैज्ञानिकहरूले जापानी फ्लू औषधि (स्रोत) को परिक्षण गरिरहेको बारेमा यहाँ एउटा रिपोर्ट छ र चीनले कोभिड-१९ औषधि (स्रोत) खोज्ने प्रयासमा क्लिनिकल परीक्षणको लागि अग्रसर रहेको रिपोर्ट यहाँ छ।
के चियाले कोरोना भाइरसलाई मार्न सक्छ?
होइन। यो गलत दाबी संसार भरिका तथ्य जांचकर्ताहरु द्वारा खारेज गरिएको छ। तपाईंले पनि यस बारेमा यहाँ, यहाँ र यहाँ पढ्न सक्नुहुन्छ।
के तातो पानी खाएर कोरोनाभाइस मार्न सकिन्छ?
होइन। मिल्दोजुल्दो विषयमा हामीले तथ्य जाँच गरिसकेका छौं। यसको बारेमा यहाँ पढ्नुहोस्।
के तातो पानी खानु सामान्यतया शरीरको लागि राम्रो बानी हो? हो, आयुर्वेदको अनुसार तातो पानी खाँदा केही फाइदाहरू हुन्छन्। हामीले यस बारेमा यहाँ एक विस्तृत लेख प्रस्तुत गरेका छौं।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.