सारांश
पिनास रोगसँग सम्बन्धित एउटा दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ। उक्त भिडियोमा बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ भन्ने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।

दाबी
संजिवनि स्टिम थेरापि सेन्टर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले पिनास रोगको घरेलु उपचार बताइरहेका छन् । भिडियोमा भनिएको छ- ‘हजुरलाई पिनासले गर्दाखेरी आधी भाग टाउको दुख्ने, आँखाहरु दुख्ने, नाकहरु दुख्ने, यस्तो खाले समस्या छ भने एउटा सजिलो उपाय छ । हाम्रो करेसाबारी वा गाँउघर जताततै पाउने लोकल बनमारा त्यसको १०-१५ वटा पत्ता मुन्टा टिपेर मज्जाले मारेर त्यसको रस एउटा भाडामा राख्नुहोस् र त्यो रसले मजाले लेप गर्नुहोस् निधारदेखि लिएर आँखाको माथिको भाग, नाकको माथिको भागमा सबैतिर लेप गरेर एकदेखि दुई घण्टासम्म यसलाई राखेर मजाले सफा गर्दिनुहोस् यसो गर्दा तिन दिनदेखि पाँच दिनमा समस्या कन्टोल हुदै आउँछ आवश्यक परे यसलाई पछि पनि लाउन मिल्छ यसले कुनै साइटइफेक्ट गर्दैन एकदम राम्रो फाइदा गर्छ।’
तथ्य जाँच
साइनस रोगहरू के हुन्?
बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । पिनास नाक, आँखा र निधारको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । रूघा तथा एलर्जीका कारणले साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ, त्यसपछि ब्याक्टेरिया एवं भाइरस विकसित भएर पिनासको समस्या निम्तिने गर्दछ ।
भाइरल, ब्याक्टेरिया वा फङ्गल संक्रमण, एलर्जी वा शारीरिक संरचनाका कारणसमेत पिनासको समस्या देखिन सक्छ । पिनासको लक्षणहरूमा अनुहारको दुखाइ वा दबाब, नाक बन्द हुने, टाउको दुखाइ, खोकी, थकान आदि हरेका छन् ।
बनमारा वनस्पतिबिरुवा के हो?
बनमारा (Ageratina adenophora) वनस्पति नेपाल, मेक्सिको र मध्य अमेरिकामा लगायत विभिन्न देशमा पाइन्छ । बनमारा चाडै नै झाँगिने र फैलिने भएकाले यसबाट किसान र अन्य वनस्पति समस्या पर्ने गर्दछन् । यो वनस्पतिले विभिन्न रसायनहरू उत्पादन गर्ने गर्दछ, जसले अन्य बिरुवाहरूलाई बढ्न र फैलिन रोक्ने गर्दछ । मानिसहरू यसलाई नियन्त्रण गर्न विभिन्न तरिकाहरू प्रयोग गर्ने गर्दछन् ।
साइनस को उपचार के हो
पिनासको उपचारमा सामान्यत: एलर्जी वा संक्रमण जस्ता अन्तर्निहित कारणहरूको निदान गरिन्छ । उक्त उपचारमा सलाइन नाक स्प्रे, नाक कोर्टिकोस्टेरोइड्स, डिकन्जेस्टेन्टहरू, एलर्जी औषधिहरू, ओभर-द-काउन्टर दुखाइ कम गर्ने, मौखिक वा इन्जेक्टेड कोर्टिकोस्टेरोइडहरू, एस्पिरिन डिसेन्सिटाइजेशन उपचार, एन्टिफङ्गल उपचार र तातो कम्प्रेसहरू समावेश गरिन्छ ।
के यो जडीबुटी प्रयोग गरेर साइनस निको पार्न सम्भव छ?
पिनासको कुनै ज्ञात उपचार नभए पनि आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोप्याथी लगायतका विभिन्न उपायहरूले लक्षणलाई न्युनीकरण गर्ने गरेको पाइन्छ । तर, पिनासको उचित निदानका लागि स्वास्थ्य सेवा पेशेवरहरूसँग परामर्श महत्त्वपूर्ण हुन्छ। अन्यथा विरामीको अवस्था गम्भीरसमेत हुनसक्छ ।
बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । केही हर्बल र प्राकृतिक उपचारले पिनास रोगका लक्षणमा राहत प्रदान गर्न सक्छ। यद्यपी बनमारा वनस्पति आक्रमणकारी प्रजाति मानिन्छ र यसलाई औषधीय उद्देश्यका लागि प्रयोग गरिँदैन। पिनासको उपचारमा सामान्यत: अन्तर्निहित कारणहरूको निदान गर्नुपर्छ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
