सारांश
सामाजिक सञ्जालमा रहेको एउटा भिडियोमा कालो बनमारा बिरुवाका पातहरू सुपर जडीबुटी हुन् र यसले कुनै पनि प्रकारको आन्तरिक घाउ र पेटको अल्सर निको पार्न सक्छ भनी दाबी गरिएको छ। हामीले तथ्य जाँच गर्यौं र यो गलत पाएका छौं।

दाबी
एउटा युट्युब भिडियोमा कालो बनमारा बिरुवाका पातलाई “सुपर जडीबुटी” भनेर प्रस्तुत गरिएको छ। भिडियोमा दाबी गरिन्छ कि यी पातहरू खाँदा शरीरभित्रका कुनै पनि प्रकारका घाउ र पेटको अल्सर पूर्ण रूपमा निको हुन्छन्।हामीले तथ्य जाँच गर्यौं र यो गलत पाएका छौं।
तथ्य जाँच
अल्सर के हो र किन हुन्छ?
पेटको अल्सर वा ग्यास्ट्रिक अल्सर पेटभित्र फैलिने एक किसिमको घाउ हो । अल्सरका घाउहरू सानो आन्द्राको माथिल्लो भागमा पनि देखा पर्न सक्छन्, जसलाई ड्युओडेनल अल्सर भनिन्छ । अल्सरले पेटमा जलन-दुखाइ, वाकवाकी-बान्ता, भोक नलाग्ने र तौल घट्ने लगायतका विभिन्न लक्षणहरू निम्त्याउन सक्छ ।
के कालो बनमाराले अल्सर निको पार्न सक्छ?
कालो बनमारालाई परम्परागत रूपमा घरेलु औषधिका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ । तर, चिकित्सकीय सल्लाह बिना अल्सरको निदानका लागि यसको प्रयोगले थप जोखिम निम्त्याउन सक्छ।
कालो बनमारामा केही औषधीय गुणहरु रहेका छन्, जसले मानव स्वास्थ्यका लागि केही लाभहरु प्रदान गर्न सक्छन्। तर, अल्सर जस्तो समस्याका लागि कालो बनमाराको प्रयोगलाई मात्र प्रथामिकतामा राख्नु हुँदैन।

हामीले हाम्रो ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. शरद मल्होत्रासँग कुरा गर्दा उहाँले भन्नुभयो कि केही घरेलु उपायहरूमा एन्टिअक्सिडेन्ट त हुन सक्छन्, तर पेटको अल्सर निको पार्न ती उपायहरू प्रभावकारी हुन्छन् भन्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन।
कालो बनमाराको प्रयोगबाट अल्सरको समस्या निको हुन्छ भन्ने दाबी गलत छ। आधुनिक चिकित्सा अनुसन्धानबाट अप्रमाणित उपचार विधिमा मात्र भर पर्दा अवस्था थप जटिल हुनसक्छ। त्यसैले अनुभव प्राप्त चिकित्सकसँगको परामर्शमा मात्रै वैकल्पिक उपचारतर्फ ध्यान दिन आवश्यक छ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
