सारांश
स्वास्थ्य समस्या र पोलेको म्याजको प्रयोगसँग सम्बन्धित भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा पोलेको प्याजले अनियमित निन्द्रा, छटपटी, ऐँठन र कान दुख्ने पाक्ने समस्या निको पार्ने दाबी गरिएको छ । हाम्रो तथ्य जाँचले यो प्रायः गलत पाएको छ।

दाबी
लखपति माईला नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्याज पोल्दै गरेको दृश्य जोडिएको छ । साथै भडियोमा जोडिएको आवाजमा एक महिलाले भनेकी छन्- ‘सुत्ने बेलामा जसलाई निन्द्रा लाग्दैन, छटपटी हुन्छ, ऐँठन हुन्छ, कान दुखेर-पाकेर पीप निकलिन्छ नि साथीहरु, त्यसको लागि यो रामवाण इलाज हो है यो प्याज पोलेको । यो प्याज पोलेर के-के गर्नुपर्छ म पार्टटुमा देखाउँछु, एकदमै राम्रो औषधि हो ।’
के पोलेको प्याजले अनियमित निन्द्रा, छटपटी, ऐँठन र कान दुख्ने पाक्ने समस्या निको पार्न सक्छ त? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच
के पोलेको प्याजले अनिद्रा निको पार्न सक्छ?
प्याजमा क्वेरसेटिन जस्ता यौगिकहरू पाइन्छन्, जसमा हल्का शामक गुणहरू हुन्छन् । यद्यपी, पोलेको प्याजले अनियमित निन्द्राको समस्यालाई निको पार्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै भरपर्दो अनुसन्धान भेटिएन ।
अनिद्रा-तनाव जस्ता समस्याहरु अन्तर्निहित चिकित्सा जटिलताहरु हुन सक्छन् । प्याजमा मात्र भर पर्दैमा निद्रा समस्या समाधान हुँदैन। यदि निद्राको समस्या रहिरह्यो भने जीवनशैलीलाई मध्यनजर गर्दै व्यावसायिक चिकित्सा सल्लाह लिनु नै उत्तम उपाय हुन्छ ।
के प्याज कान दुखाइ र पीपको प्रभावकारी उपचार हो?
त्यस्तै पोलेको प्याज कान दुख्ने र पीप निस्कने समस्याको लागि प्रमाणित उपचार होइन । घरेलु उपचारहरूले कानको दुखाइ कम गर्न कानको नजिकै न्यानो प्याजका टुक्राहरू राख्न सुझाव दिनसक्छन् । किनकि प्याजमा हल्का एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन् । यद्यपि, कान दुख्ने समस्याका धेरै कारणहरू हुन सक्छन्, जसमा संक्रमण, तरल पदार्थ जम्मा हुनु पर्दछन् । यसको निदानका लागि उचित चिकित्सा उपचारको आवश्यक पर्दछ।
यदि कान दुखाइ रहिरह्यो वा ज्वरो र श्रवणशक्तिमा कमी आयो भने डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ । प्याजमा आधारित उपचारहरूमा वैज्ञानिक समर्थनको कमी छ र उपयुक्त चिकित्सा हेरचाहलाई प्रतिस्थापन गर्नु हुँदैन ।
प्याजले वास्तवमा शरीरलाई कस्ता स्वास्थ्य फाइदा दिन्छ?
अर्कोतर्फ प्याजले मानिसलाई स्वास्थ्य लाभहरू प्रदान गर्नसक्छ तर यो कुनै उपचार होइनन् । प्याज एन्टिअक्सिडेन्ट, भिटामिन र सल्फर यौगिकहरूले भरिपूर्ण हुन्छ, जसले समग्र स्वास्थ्यलाई फाइदा गर्दछ । प्याजमा हल्का एन्टी-इन्फ्लेमेटरी र एन्टिमाइक्रोबियल गुणहरू छन्, जसले प्रतिरक्षा र आन्द्राको स्वास्थ्यमा पनि योगदान पुर्याउन सक्छन् । यद्यपि, प्याजबाटै अनिद्रा, पेट दुख्ने वा कान दुख्ने जस्ता विशिष्ट समस्याहरु निको पार्न सक्दैन ।
निष्कर्ष
पोलेको प्याज स्वादिष्ट र पौष्टिक खाना हुनसक्छ तर यसमा अनिद्रा, छटपटी, ऐँठन र कान दुख्ने पाक्ने समस्याको उपचार गर्ने विशेष शक्ति हुँदैन । यद्यपी यसले समग्र स्वास्थ्यमा फाइदा पुर्याउन सक्छ तर यसमै भरपर्नु फाइदाजनक हुँदैन । यदि कुसैलाई यस्ता स्वास्थ्य समस्याहरू छन् भने घरेलु उपचारको सट्टा प्रमाणमा आधारित समाधानहरू खोज्नु उत्तम हुन्छ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
