सारांश

कोभिड-१९ विरुद्ध चलाइएको खोप ( भ्याक्सिन) अभियानसँग सम्बन्धित एउटा दाबी सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा कोभिडविरुद्धको भ्याक्सिनमा धेरै क्यान्सरजन्य र घातक रसायनहरू मिसाइएको दाबी गरिएको देखिन्छ । यस दाबी झूटो छ।
दाबी
बिर साउद अन्जान नामक फेसबुक अकाउन्टमा पोस्ट गरिएको लामो स्ट्याटसमा एड्स देखापरेको बाँदरको कोशिका कोभिडविरुद्धको भ्याक्सिनमा राखिएकाले मंकीपक्स फैलिएको दाबी गरिएको छ ।
दाबीसहित प्रस्तुत गरिएको स्ट्याटसको पहिलो लाइन यस्तो छ-
‘कोरोनाको भ्याक्सिन नलगाएकाहरु डराउनु पर्दैन मंकीपक्सदेखि । निश्चिन्त रहनुहोस्, यो कुनै आगन्तुक भाइरस होइन । कोरोनाको भ्याक्सिनभित्र अनेक क्यान्सरकारक तथा प्राणघातक केमिकलहरु हालिएका छन् । साथै ४-५ वटा पशुहरुका भाइरस पनि हालिएका छन् । जसमध्ये अफ्रिकन हरियो बाँदर (Green Monkey) को कोशिका पनि यस भ्याक्सिन भित्रहालिएको छ । यो त्यही बॉदर हो जसबाट एड्स देखापरेको थियो (वैज्ञानिक द्वारा प्रमाणित) ।’

तथ्य जाँच
कोभिड भ्याक्सिन र मंकीपक्स संक्रमणबीच कुनै सम्बन्ध प्रमाणित हुँदैन
मंकीपक्स भाइरसको संक्रमणबाट हुने रोग हो । मंकीपक्स भेरिओला भाइरससँग सम्बन्धित छ । मंकीपक्स एक संक्रामक भाइरल रोग हो, जुन मानिस र अन्य केही जनावरहरूमा पनि सकंक्रमण हुन सक्छ । ज्वरो आउनु, शरीरमा फोकाहरू आउनु र त्यसपछि दागहरू देखिने मंकीपक्सका केही लक्षणहरू हुन् ।
मंकीपक्सको पछिल्लो प्रकोपको अनुसान्धान गर्दा धेरैसँग यौनसम्पर्क गरेका व्यक्तिहरूमा मन्कीपक्सको संक्रमण देखिएको उपलब्ध प्रमाणहरूमा उल्लेख गरिएको छ ।
अर्कोतर्फ जब संक्रमित मानिस कोभिडबाट निको हुन्छन्, उनीहरूको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । त्यसैले कोभिड भएका व्यक्तिहरू अन्य संक्रमणको लागि बढी संवेदनशील हुन पनि सक्छन् । त्यसैले कोभिड भ्याक्सिनसँग मंकीपक्स संक्रमणको कुनै सम्बन्ध रहेको प्रमाण हामीसँग छैन ।
कोभिड भ्याक्सिनसँग मंकीपक्स संक्रमणको कुनै सम्बन्ध भेटिँदैन । एड्स देखापरेको बाँदरको कोशिका कोभिडविरुद्धको भ्याक्सिनमा राखिएकाले मंकीपक्स फैलिएको भन्ने दाबी कुनैपनि कोणबाट पुष्टि हुँदैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.