Last Updated on अप्रिल 12, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा स्वास्थ्य सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुने दाबी गरिएको छ । हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी झूटो छ।
दाबी
एउटा लिंकसहित पोस्ट गरिएको उक्त सामग्रीमा नरिवलको जट्टालाई ‘पायल्स (बवासीर)लाई एक हप्तामै सखाप पार्ने अचुक घरेलु औषधी’का रुपमा प्रस्तुत गरिएको छ । प्रस्तुत दाबी मानव स्वास्थ्यजस्तो सम्बेदनशील विषयमा गरिएकाले प्रस्तुत दाबीबारे हामीले जाँच गरेका छौँ ।
तथ्य जाँच
के नरिवलको जट्टाले पायल्सको उपचार गर्न सक्छ ?
नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुन्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
नरिवलको जट्टामा लिग्निन तथा सेल्युलोजको मात्रा धेरै हुन्छ र जसका कारण क्यालोरीफिक भ्यालु उच्च रहने Pristyncare.com वेबसाइटमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ ।
नरिवलको जट्टामा एन्टी-इन्फ्लेमेटरी र एन्टिनोसिसेप्टिव औषधीय गुणहरू हुन्छन् । उक्त औषधीय गुणहरूले पायल्स रोग लाग्दा हुने दुखाइ र रगत बग्ने समस्यालाई कम गर्न सहयोग गर्दछ ।
फेला परेका केही प्रमाणहरूले अन्य वनस्पतिहरूमा पनि एन्टि-इन्फ्लेमेटरी र एन्टिनोसाइसेप्टिभ औषधीय गुणहरू रहेको देखाउँछन् । यी गुणहरूले पाइल्सको गम्भीरता कम गर्न मद्दत गर्छन् । तर यहाँ जे भनिएपनि नरिवलको जट्टाले पाइल्सको उपचार गर्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.