सारांश
खोकीको समस्याबारे तयार पारिएको एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ। उक्त सामग्रीमा मरिच र महको मिश्रणलाई नियमित सेवन गर्दा पुरानोभन्दा पुरानो खोकी निको हुने दाबी गरिएको छ ।हामीले दावीको अनुसन्धान गर्दा यो आंशिक गलत भएको पायौं।

दाबी
Punyaprabhagautamsubedi नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एक महिला देखिएकी छन् । भिडियोमा महिलाले भनेकी छन्- ‘यदि तपाईंहरु लामो सयमदेखि खोकी लागेर हैरान हुनुहुन्छ, खोकीको जति औषधि खाँदा पनि ठिक भएको छैन भने म चाहिँ एकदमै चाँडो ठिक हुने घरेलु उपचार सिकाउँदै छु । लामो समयदेखिको खोकी कफलाई पनि यसले एक हप्तामा ठिक पार्छ । दुई चम्चा मरिचको धुलो लिने त्यसमा एक चम्चा मह हाल्ने, भीर मौरीको मह भए एकदमै राम्रो नभए कुनै पनि मह भए हुन्छ तर पेवर मह चाहिन्छ । यसलाई राम्रोसँग मिक्स गर्ने अनि यसलाई सानो-सानो मकैको दाना जत्रो डल्ला बनाउने यो डल्लालाई दिनको तीन चोटी मुखमा राखेर चुस्ने बिहान, दिउँसो, बेलुकी यस्तो गरेरमा जति लामो खोकी पनि एक हप्तामै ठिक हुन्छ ।’
तथ्य जाँच
के मरिच र महको सेवनले एक हप्तामै पुरानो खोकी निको पार्छ?
मरिच र महको सेवनबाट एक हप्तामै पुरानो खोकी निको हुन्छ भन्ने दाबी लाई प्रमाण छैन । मह र मरिचलाई परम्परागत उपचारहरूमा प्रयोग गर्ने गरिएको पाइन्छ । तर यी दुईको मिश्रणले पुरानो खोकी केवल सात दिनमै निको पार्न सक्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।
के महले खोकी कम गर्न मद्दत गर्छ?
हो, केही हदसम्म। खोकीको आवृत्ति र गम्भीरता कम गर्ने क्षमताको लागि महको अध्ययन गरिसकिएको छ । यसले घाँटीको राहतका लागि मद्दत गर्नसक्छ र यसमा हल्का एन्टिमाइक्रोबियल गुणहरू हुन्छन्, जसले घाँटीको जलन वा संक्रमणको कारणले हुने खोकीलाई थोरै कम गर्न सक्छ । तर, यसको अर्थ यसले पुरानो खोकीलाई निको पार्न सक्छ भन्ने होइन ।
के मरिच खोकीको उपचारमा प्रभावकारी हुन्छ?
मरिच यसको न्यानोपन र उत्तेजक प्रभावहरूको लागि परिचित छ । यसमा पाइपरिन नामक यौगिक हुन्छ, जसले श्लेष्म प्रवाहलाई उत्तेजित गर्न मद्दत गर्न सक्छ । यद्यपी, खोकीको उपचारमा मरिचको भूमिकाको बारेमा भएका अध्ययनहरू सीमित छन् ।
पुरानो खोकी जस्तो जटिल समस्याको निदान वा उपचारमा ढिलाइ हुँदा जोखिमपूर्ण हुन सक्छ । वास्तविक खतरा मह र मरिचको मिश्रण प्रयोग गर्नुमा होइन तर खोजीको अन्तरनिहित समस्याले निम्त्याउने गर्दछ । यदि धेरै हप्ता वा सोभन्दा बढी समयदेखि खोकी लाग्छ भने वास्तविक कारकको उपचार खोज्नुपर्छ ।
के पुरानो खोकीलाई घरेलु उपचारले मात्र व्यवस्थापन गर्नु सुरक्षित हुन्छ?
पुरानो खोकीका केही कारकहरू एसिड रिफ्लक्स वा एलर्जी हुन सक्छन् । क्षयरोग वा फोक्सोको क्यान्सर जस्ता अन्य कारकहरू गम्भीर हुन्छन् । यसमा घरेलु उपचारहरूको मात्रै भरगर्दा अन्तर्निहित समस्या झनै बल्झिन सक्छ ।
मह र परिचको मिश्रणलाई सेवन गर्दा घाँटी खसखसाउने कम हुनसक्छ तर पुरानो खोकी निको पार्न सक्दैन । खोकी बढ्यो भने घरेलु उपचारमा भार पर्नुको सट्टा उचित चिकित्सा सल्लाहको आवश्यकता पर्दछ ।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
