सारांश

दाँत र गिजाको घरेलु उपचार सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा फिटकिरी र तोरीको तेलको मिश्रणको प्रयोगले दाँत र गिजामा देखिएका समस्याहरू निको पार्ने दाबी गरिएको छ । हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी आधा सत्य छ ।
दाबी
डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा फिटकिरीको दृश्य जोडिएको छ । उक्त सामग्रीको थमनेलमा दन्तहर्सा, दाँत र गिजाबाट रगत बग्ने, दाँत हल्लिने जस्ता समस्यालाई फिटकिरी र तोरीको तेलको मिश्रणले निको पार्ने दाबी गरिएको छ ।
थमनेलमा लेखिएको छ- ‘दाँत र गिजाबाट रगत बग्ने गरेको छ । दाँत हल्लिने गरेको छ भने फिटकिरी ल्याउनुहोस्, तावामा फुराउनुस् र पिसेर राख्नुस्, थोरै तोरीको तेलमा थोरै फिटकिरीको धुलो राखेर यसले मन्जन गर्नुहोस् । दाँत बलियो हुनुको साथै दन्तहर्साको दोहोलो गर्नेछ । यसले दाँत पनि चम्किलो बनाउनेछ ।’
तथ्य जाँच
घरेलु उपचारले दाँत र गिजाको समस्या निको पार्न सक्छ?
घरेलु उपचारले दाँतमा किरा लागेको, गिजाको रोग, सास गन्हाउने, दाँत कमजोर भएको, दाँत भाँचिएको , गिजा खिइएको, जराको संक्रमण लगायतका दाँत र गिजा सम्बन्धि सामान्य समस्याहरू निको हुन सक्छन् ।
फिटकिरीको पाउडरमा तोरीको तेल मिसाएर गिजा र दाँतको घरेलु उपचार गर्ने गरिन्छ । तर, यस्तो घरेलु उपचारले दाँत र गिजाको समस्यालाई पूर्ण रूपमा निको पार्न सक्ने कुनै प्रमाण भेटिँदैन । यद्यपि प्राकृतिक उपचारहरूले गिजा र दाँतको स्वास्थ्यमा सुधार हुन सक्ने प्रमाणहरूमा उल्लेख छ ।

दाबीसहितको सामग्रीका विषयमा हामी डा. पूजा भारद्वाज, बीडीएससँग परामर्श गर्यौँ । डा. पूजा भारद्वाज भन्छिन्-
‘दाँत र गिजाको समस्याका धेरै कारणहरू हुन सक्छन् भनेर हामीले बुझ्नुपर्छ । अन्तर्निहित समस्यालाई दबाएर र चिकित्सा परामर्श नखोज्दा क्षति हुन सक्छ । फिटकिरी वा नुनको प्रयोग गरेर गरिने उपचार सामान्य घरेलु उपचार हुन् र यसले विभिन्न स्तरकाे दुखाइ कम गर्न सक्छ । तर यी चिकित्सा विज्ञानबाट प्रमाणित उपचार होइनन् । अर्कोतर्फ तोरीको तेलले दाँत र गिजाको सबै समस्या निको पार्न सक्दैन । प्रभावकारी उपचारका लागि सधैँ पेशेवर दन्त चिकित्सकसँग सल्लाह गर्नुहोस् ।’

सोही दाबीका विषयमा हामीले डा. आशना पिल्लई, बीडीएससँग पनि परामर्श गरेका छौँ । डा. आशना पिल्लई भन्छिन्, ‘दाँतको समस्याका लागि घरेलु उपचार सम्बन्धि धेरै दावीहरू भेटिन्छन्, जसबाट धेरै साइड इफेक्टहरूको खतरा हुनसक्छ । लामो समयदेखि पिउने पानीलाई शुद्ध गर्न फिटकिरीको प्रयोग हुँदै आएको छ । तर, दाँत र गिजाको समस्याबाट छुटकारा पाउन यसको प्रयोगलाई समर्थन गर्न सकिँदैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.