Last Updated on डिसेम्बर 15, 2020 by Team THIP
सारांश
तथ्य जाँच गर्ने व्यक्तिहरू द्वारा अनेकौँ पटक खारेज गरिए पनि यो परीक्षण सामाजिक सञ्जाल, फोरमहरू र यूट्यूब भिडियोमा अझैसम्म उपलब्ध छ। यो विभिन्न जनावरहरूको फोटोलाई एक साथ राखेर मानव अनुहार सिर्जना गरिएको फोटो हो। दाबी यो छ कि यदि कसैले अन्य सबै जनावरहरूको बीचमा ऊँटको चित्र फेला पार्न सफल भयो भने उसलाई अल्जाइमर रोग नभएको कुरा पुष्टि गर्न सकिन्छ। हामी यस दाबीलाई झूटो रहेको ठहर गर्दछौं।
दाबी
उक्त दाबी तल दिइएको फोटोको साथ प्रस्तुत गरिएको छ। यसलाई कसैलाई अल्जाइमर रोग छ कि छैन भनेर जाँच गर्ने एउटा परीक्षण को रूपमा प्रस्तुत गरिएको छ। ‘डाक्टरहरू भन्छन् कि यसमा ऊँट भेट्टाउने व्यक्तिहरूलाई अल्जाइमर हुने सम्भावना धेरै कम रहेको हुन्छ।‘
तथ्य जांच
के यो अल्जाइमर रोगको लागि एक मान्य परीक्षण हो?
तथ्य जाँच कर्ताहरूले पहिले नै यस बारेमा सोधखोज गरिसकेका छन् र उक्त फोटोमा हेरफेर गरिएको पाएका छन्। सक्कली फोटोमा ऊँट कहिल्यै थिएन। उँटको चित्रलाई पछि अनुहारको बाँया गालामा थपिएको हो। तपाईं हेरफेर गरिएको फोटोको बारेमा विस्तृत विश्लेषण यहाँ पढ्न सक्नुहुन्छ।
यहाँ डिमेन्शिया सेन्ट्रल द्वारा वैज्ञानिक रूपले स्वीकृति प्राप्त परीक्षणहरूको एउटा सूची दिएको छ। ती परीक्षणहरूमा ऊँट फेला पार्ने परीक्षण रहेको छैन।
हामीले यस विषय मा न्यूरोलॉजिस्ट र न्यूरो साइकोलोजिस्टहरू संग प्रश्न सोध्यौं।
फादर म्युलर मेडिकल कलेजका सहयोगी प्राध्यापक तथा न्यूरोलॉजिस्ट सल्लाहकार डा पवन राज भन्छन्, “होईन, यो अल्जाइमर रोग पत्ता लगाउने मान्य परीक्षण होइन।”
राष्ट्रिय मस्तिष्क अनुसन्धान केन्द्रका क्लिनिकल न्यूरोसाइकोलॉजिस्ट शल्लू जुनले पनि उस्तै जबाफ दिएका छन्, “यस प्रकारका विभिन्न मनोचिकित्सक वा स्नायविक विकारको परीक्षण / जाँचको दाबी गर्ने धेरै सन्देशहरू सामाजिक सञ्जालमा प्रसारित भइरहेका हुन्छन्। मैले बौद्धिकता वा व्यक्तित्व वा स्मरण क्षमताहरू आदि परीक्षण गर्ने दाबी गरिएका यस्ता विभिन्न फोटोहरू पनि देखेको छु । हामी अनुसन्धानमा आधारित प्रमाणहरू द्वारा समर्थन प्राप्त भरपर्दो र मान्य न्यूरोसाइकोलोजिकल परीक्षणहरूमा मात्र निर्भर गर्दछौं। त्यसैले म यसलाई अल्जाइमर रोग पत्ता लगाउने परीक्षणको रूपमा मान्दिन।”
अल्जाइमर रोग भनेको के हो?
युएस नेसनल डिपार्टमेन्ट अफ एजिङ्ले उल्लेख गर्दछ, ‘अल्जाइमर रोग एक अपरिवर्तनीय, बढ्दै जाने मस्तिष्क विकार हो जसले बिस्तारै स्मरण शक्ति र सोच्ने क्षमतालाई नष्ट गर्दछ, र अन्ततः सरल कार्यहरू पूरा गर्न सक्ने क्षमतालाई समेत नष्ट गर्दछ। वैज्ञानिकहरूले अधिकांश मानिसहरूमा अल्जाइमर रोग किन हुन्छ भन्ने कुरा अझै पनि पूर्ण रूपमा बुझ्न सकेका छैनन्। प्रारम्भिक कालमा अल्जाइमर भएका व्यक्तिहरूमा आनुवंशिक उत्परिवर्तन कारण हुन सक्छ। पछि सुरु हुने अल्जाइमर दशकौं देखि मस्तिष्कमा हुने जटिल परिवर्तनहरूको कारण हुन सक्छ। यस्ता कारणहरूमा सम्भवतः आनुवंशिक, वातावरणीय र जीवन शैली कारकहरूको संयोजन समावेश हुनसक्छ।
के यस्ता पजलहरू हल गरेर अल्जाइमर रोग पत्ता लगाउन वा रोकथाम गर्न सकिन्छ?
डा राजले सहकर्मी द्वारा समीक्षा गरिने न्यूरोलोजी पत्रिका न्यूरोलोजीमा प्रकाशित हालको एउटा अध्ययन तिर ध्यानाकर्षण गर्छन्। जुन २०२० मा प्रकाशित अध्ययन अनुसार “पछिको जीवनमा संज्ञानात्मक गतिविधिहरूमा संलग्नता” सहित स्वस्थ जीवनशैली रोजाइको संयोजनले मानसिक रोगको जोखिमलाई ६० प्रतिशत सम्म कम गर्न सकिन्छ।
के तपाईं स्वयम् अल्जाइमर रोगको जाँच गर्न सक्नुहुन्छ?
डा राज भन्छन्, “तपाईले स्वयम् पत्ता लगाउन सक्नुहुन्न। अल्जाइमर को पहिचान स्मरण शक्ति कम भएको बिरामीको साक्षात्कार र परीक्षण गरेपछि चिकित्सक द्वारा मात्र गरिनु पर्छ। अल्जाइमर रोगको पुष्टि गर्नको लागि कुनै गोल्ड स्टेनडर्ड परीक्षण उपलब्ध छैन तर केही परीक्षणहरू अहिले विकसित हुँदैछन्। यदि तपाईलाई अत्याधिक शङ्का छ भने तपाई आफैले विभिन्न मान्यता प्राप्त आत्म मूल्याङ्कन परीक्षण जस्तै SAGE प्रश्नावली, MMSE, miniCog मूल्याङकन आदि गरेर तपाईको स्मरण शक्ति र संज्ञानात्मक प्रक्रियाको परीक्षण गर्न सक्नु हुनेछ। मान्यता प्राप्त अनलाइन परीक्षणहरू को एउटा सुची यहाँ उपलब्ध छ।
जुन भन्छन्, “प्रत्येक स्मरण शक्ति सम्बन्धी समस्या अल्जाइमर रोगको सङ्केत हुँदैन। त्यसैले यस बारेमा जान्ने व्यक्तिले मात्र भिन्नता पत्ता लगाउन सक्छ र मुद्दाको वास्तविक कारणहरू सम्म पुग्न सक्छ। स्वयम् परीक्षण गर्न सम्भव छैन, यद्यपि कसैलाई अल्जाइमर रोगको बारेमा जानकारी छ भने त्यस व्यक्तिले राम्रो व्यवस्थापन को लागि सुरुवातमा नै चिकित्सा खोज्न सक्छ। प्रारम्भिक अवस्थामा स्मरण शक्ति समस्या र अन्य संज्ञानात्मक समस्याहरू को सामना गर्ने व्यक्तिमा हल्का संज्ञानात्मक क्षति (MCI) हुने सम्भावना हुनसक्छ र त्यस व्यक्तिले व्यावसायिक सहायता मात्र खोज्नु पर्छ।”
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.