सारांश

डेटोल बोतलको पछाडिको फोटो सहितको एउटा ह्वाट्सेप सन्देश चलनमा देखिएको छ। उक्त सन्देश डेटोल कोरोनाभाइरस विरुद्ध प्रभावकारी हुन्छ भन्ने दाबी मा केन्द्रित छ।
हामीले सन्देशको तथ्य जाँच गर्यौं र यो अर्ध सत्य रहेको कुरा थाहा पायौं।
दाबी
प्रसारित भइरहेका धेरै ह्वाट्सेप सन्देश, फेसबुक पोस्ट र ट्वीटहरूमा एउटा डेटोल बोतलको फोटो रहेको छ। दाबी यो छ की डेटोल कोरोनाभाइरस बिरुद्ध प्रभावकारी छ।
तथ्य जांच
के उक्त फोटो नक्कली हो वा फोटोशप गरिएको छ?
होइन, उक्त फोटोमा स्पष्ट रूपमा डेटोल बोतललाई दर्साइएको छ। कम्पनीले डेटोल बोतलको फोटो भएका अनेकौ ट्वीटहरू स्वीकार गरेको छ।
के डेटोल कोरोनाभाइरसको बिरूद्ध वास्तवमा प्रभावकारी छ?
डेटोलले दावी गर्दछ कि यो वास्तवमा मर्स र सार्स जस्ता कोरोनाभाइरसको केहि प्रकारहरू विरूद्ध परीक्षण गरिएको छ। कम्पनीको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हाम्रा उत्पादनहरू अन्य कोरोनाभाईरस विरूद्ध परीक्षण गरिएको छ (जस्तै मर्स-कोभ र सार्स-कोभ) र परीक्षण मा डेटोल ले ति भाइरसहरूलाई मरेको पाइएको छ।”
यद्यपि यो वर्तमानमा विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको सन्दर्भमा अप्रासंगिक छ। वर्तमानको कोरोनाभाइरस प्रकार विरुद्ध डेटोल अझै प्रभावकारी प्रमाणित हुन सकेको छैन।
यसको के अर्थ हो? भ्रम किन छ?
‘कोरोनाभाइरस’ भाइरसहरूको एउटा समूहको सामान्य नाम हो।
तिनीहरूको सतह मा स्पाइक प्रोटीन द्वारा बनाईएको मुकुट-जस्तो प्रभाव को लागी त्यसो नामकरण गरिएका छन्।
कोरोनाभाईरसका विभिन्न प्रकारहरू छन्।
हालको महामारी नोभेल कोरोनाभाइरसको कारणले भएको हो। वैज्ञानिक समुदायमा “नोभेल” को प्रयोग “नयाँ” दर्साउन को लागि गरिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब आधिकारिक रूपमा यस भाइरसको नाम “गम्भिर तीव्र श्वसन लक्षण कोरोनाभाइरस २ (सार्स-कोभ-२)” राखेको छ। यस भाइरसले फैलाउने रोगलाई कोभिड – १९ भनिन्छ। यो ‘नयाँ’ प्रकारको कोरोनाभाइस डिसेम्बरमा चीनको वुहानमा देखा परेको थियो।
संरचनात्मक रूपमा वैज्ञानिकहरूले यसलाई कोरोनाभाइरस परिवार अन्तर्गत वर्गीकृत गरेका छन् तर यो नयाँ भाइरस अझै पनि उही परिवारका अन्य भाइरसहरू भन्दा फरक छ। यही कारणले पुरानो कोरोनाभाइरसका लागि खोप यस नयाँ भाइरसमा प्रभावहीन प्रमाणित भएको छ र वैज्ञानिकहरू समाधान खोज्नका लागि कार्यरत छन्।
के यसको अर्थ ‘नयाँ’ नोभेल कोरोनाभाइरस विरुद्ध डेटोल पूर्ण रूपमा अप्रभावी छ?
प्रमाणित भएको छैन। यो प्रभावकारी हुनसक्छ। यो प्रभावकारी हुन सक्दैन। [अद्यावधिक: यहाँ पढ्नुहोस्]
यद्यपि कम्पनीलाई विश्वास छ कि यो कोरोनाभाइरस को नयाँ प्रकार विरुद्ध पनि काम गर्ने उच्च संभावना छ, तर कम्पनीले स्वीकार गर्दछ कि उनीहरूले अझै यसको परीक्षण गर्न सकेका छैनन्। आधिकारिक विज्ञप्तिमा भनिएको छ, “आरबी डेटोल उत्पादनहरू र नोभेल २०१९-एनकोभ कोरोनाभाइससको बारेमा अड्कलको बारे सचेत भएको छ। यो एक नयाँ प्रकोप हो त्यसैले सबै उत्पादकहरू जस्तै आरबी पनि अझै परीक्षणको लागि नयाँ भाइरस (२०१९-एनकोभ) सम्म पहुँच प्राप्त गर्न सकेको छैन र परिणामस्वरूप नयाँ भाइरसको प्रकार बिरूद्ध प्रभावकारिताको स्तर पुष्टि गर्न सक्ने स्थितिमा छैन। यद्यपि २०१९-एनकोभ एक नयाँ प्रकार हो तर यो भाइरस अन्य कोरोनाभाइरस सँग धेरै मिल्दोजुल्दो छ। हामी हाम्रा साझेदारहरू सँग भाइरस र यसको प्रसारको तरिका बारेमा नवीनतम ज्ञान प्राप्ति सुनिश्चित गर्न प्रयत्नरत छौं र स्वास्थ्य अधिकारीहरूले यो प्रकार उपलब्ध गराएपछि हाम्रा सबै उत्पादहरूको परीक्षण गर्नेछौं। ” यस विषयमा कम्पनीको आधिकारिक ट्वीट तल दिइएको छ:
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.