सारांश
महिलाहरुमा हुने महिनावारीबारे तयार पारिएको एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । यस भिडियोमा बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला पेट दुख्ने समस्या निको हुने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दाबी आंशिक गलत भएको पायौं

दाबी
Rama Khanal Bhattarai नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा बाह्रमासे फूलको दृश्य जोडिएको छ । साथै उक्त भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘महिनावारी भएका बेला तपाईंको सानो पेट दुख्छ भने यो तीन दिन तीन मात्रा खालीखाली पेटमा मिन्स भएको तीन-दिन पछाडिबाट खानुस् तपाईंको समस्या तुरुन्तै हल हुन्छ ।’

तथ्य जाँच
महिनावारीको बेला पेट किन दुख्छ?
महिनावारी (रजस्वला) भएको बेला पेट दुख्ने अवस्थालाई डिसमेनोरिया भनिन्छ, यो समस्या अति नै सामान्य मानिन्छ । डिसमेनोरियालाई दुई प्रकारमा वर्गीकृत गर्न सकिन्छ । प्राथमिक, जुन सामान्यतया किशोरावस्थामा सुरु हुन्छ र यो अन्तर्निहित स्वास्थ्य समस्याहरूसँग जोडिएको छैन हुँदैन । अर्को माध्यमिक, जुन एन्डोमेट्रियोसिस वा फाइब्रांएड जस्ता अवस्थाहरूका कारण निम्तिन्छ । यसका लक्षणहरूमा प्रायः पेटको तल्लो भागमा क्र्याम्पिङ, तल्लो ढाड दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान लाग्ने हुन सक्छन् ।
वैज्ञानिक रूपमा पेट दुख्ने उपचार के के छन्?
महिनावारी भएका बेला पेट दुख्ने समस्या असहनीय छ भने वैज्ञानिक विधिबाट उपचार गर्न जरुरत छ । यसको उपचारमा गैर-स्टेरोइडल एन्टि-इन्फ्लेमेटरी ड्रग्स (NSAIDs) जस्तै ibuprofen वा naproxen ले सूजन कम गर्न र दुखाइ कम गर्न मद्दत गर्न सक्छ । तातो प्याड लागू गर्न वा तातो पानीले नुहाउँदा क्र्याम्पिङलाई शान्त पार्न सक्छ । कोमल शारीरिक गतिविधि, जस्तै हिड्ने वा योग गर्नाले पनि रक्त परिसंचरण सुधार गर्न र तनाव कम गर्न सक्छ ।
बाह्रमासे फूल के हो र यसका औषधीय गुण के हुन्?
बाह्रमासे फूललाई वैज्ञानिक रूपमा क्याथरान्थस रोजस नामले चिनिन्छ, जसको बोटमा चम्किला हरिया पातहरू हुन्छन् र गुलाबी एवं सेता फूलहरू फुल्ने गर्दछन् । साथै यो बिरुवा औषधीय गुणहरूका लागि उल्लेखनीय छ । विशेष गरी यसमा पाइने अल्कालोइडहरू जस्तै भिन्क्रिस्टिन र भिन्ब्लास्टाइनलाई क्यान्सर उपचारमा प्रयोग गरिन्छ ।
बाह्रमासे फूलको बिरुवालाई मधुमेह र उच्च रक्तचापसँगै विभिन्न अवस्थाहरूको लागि परम्परागत चिकित्सामा प्रयोग गर्ने गरिएको पाइन्छ । यद्यपि, एल्कालोइडहरूको उच्च मात्रा विषाक्त हुने भएकाले यसलाई प्रयोग गर्दा सावधानी अपनाउन सल्लाह दिइन्छ ।
परम्परागत चिकित्सामा बाह्रमासे फूलको प्रयोग मांसपेशी दुखाइ कम गर्न र केन्द्रीय स्नायु प्रणालीमा यसको शान्त प्रभावहरूका लाग गरिन्छ । यस बिरुवामा हुने एल्कालोइडहरूको उच्च मात्रा विषाक्त हुन सक्छ र यसको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्छ ।
बाह्रमासे फूलमा केही औषधीय गुणहरु रहेका हुन्छन् । तर, महिनावारी भएका बेला पेट दुख्ने समस्या निको हुन्छ भन्छ भन्ने दाबीलाई समर्थन गर्न प्रर्याप्त अध्ययनहरु भइरहेका छन् । यदि तपाईं महिनावारी समस्या निको पार्न बाह्रमासे फूललाई प्रयोग गर्ने विचार गर्दै हुनुहुन्छ भने स्वास्थ्य सुरक्षा र उपयुक्तता सुनिश्चित गर्न स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।
बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला पेट दुख्ने समस्या निको हुन्छ भन्ने दाबी आंशिक गलत छ । बाह्रमासे फूलमा केही औषधीय गुणहरु भएपनि यसले महिनावारी भएका बेला पेट दुख्ने समस्या निको हुन्छ भन्छ भन्ने दाबीलाई समर्थन गर्ने प्रर्याप्त वैज्ञानिक प्रमाणहरुको अभाव छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

