Last Updated on मार्च 8, 2023 by Team THIP
सारांश
सामाजिक सञ्जालमा स्वास्थ्यसँग सम्बन्धित सामग्री फेला परेको छ । उक्त सामग्रीमा अमलाको रस र मह मिसाएर न्यून रक्तचाप निको हुने दाबी गरिएको देखिन्छ। हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी आधा सत्य छ।
दाबी
घिमिरेसीताराम नामको टिक-टक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा दृश्य देख्न सकिन्छ, दृश्यमा थम्बनेल राखिएको छ र थम्बनेलमा “रक्तचाप कम गर्ने घरेलु उपचार” प्रस्तुत गरिएको छ।
त्यस्तै दाबीसहितको सामग्रीमा एक व्यक्ति ‘ न्यून रक्तचाप’को अचुक घरेलु औषधि बताइरहेका छन् । उनले भनेका ‘हजुरहरूलाई ब्लड प्रेसर लो भएर बेला-बेलामा गाह्रो हुन्छ। बेला-बेलामा बोहोस होला जस्तो हुन्छ, अफ्ठ्यारो फिलिङ हुने समस्या छ भने यसको एउटा उपाय छ । एक चम्चा अमलाको रस लिनुस् त्यसमा एक चम्चा राम्रो पेओर हनी लिनुस्, यसलाई पेस्ट बनाएर खाइिदनुस् । यसो गर्नासाथै तपाई को समस्या केही क्षणमै कन्ट्रोल हुन्छ । राम्रो फाइदा गर्छ आवश्यक पर्दा बेलाबेला युज गर्दा हुन्छ ।’
अमलाको जुस र मह मिसाएर सेवन गर्दा कम रक्तचापको समस्या समाधान हुने भिडियोमा दाबी गरिएको छ। यो मानव स्वास्थ्य जस्ता गम्भीर विषयसँग सम्बन्धित भएकोले हामीले प्रस्तुत सामग्रीमा तथ्य जाँच गरेका हौँ।
तथ्यजाँच
अमला र महले कम रक्तचाप निको पार्न सक्छ?
अमलाको जुस र मह मिसाएर सेवन गर्दा कम रक्तचापको समस्या निको हुन्छ भन्ने कुनै प्रमाण छैन । सन् २०१५ मा प्रकाशित एउटा शोधपत्रले चिनी खाँदा रक्तचाप बढाउने र निम्न रक्तचाप भएका व्यक्तिका लागि फाइदाजनक हुने निष्कर्ष निकालेको थियो । त्यसैगरी न्यून रक्तचापका बिरामीलाई धेरै नुन सेवन गर्नु फाइदाजनक मानिन्छ ।
उपलब्ध प्रमाणहरूले यो पनि उल्लेख गरेको छ कि अमला र महको नियमित सेवनले रक्तचापलाई सन्तुलनमा राख्न लाभदायक हुन्छ।
प्रमाणहरूले बताएपनि , कहिलेकाहीँ घरेलु उपचारमा मात्र विश्वास गर्ने र तत्काल चिकित्सा उपचार नखोज्दा पीडितलाई गम्भीर समस्याहरू निम्तिन सक्छ। तसर्थ, तुरुन्तै डाक्टरसँग परामर्श लिनु र औषधिले उपचार गर्नु राम्रो हुन्छ।
अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निवारण गर्छ भन्ने दाबीका सम्बन्धमा हामीले डा.प्रियंकासँग परामर्श गर्यौँ । उनले भनिन्,‘धमनीमा अवरोधको कारण उच्च रक्तचाप हुनसक्छ । पोटासियम वा नाइट्रोजन जस्ता केही पोषक तत्वहरूले रक्तचाप कम गर्न भासोडिलेटरको रूपमा काम गर्दछ । अमलामा पोटासियम प्रचुर मात्रामा पाइन्छ र यसैले रक्तचापको समस्या कम गर्न मद्दत गर्दछ।’
अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निको हुने कुनै प्रमाण भेटिँदैन । घरेलु उपचारमा मात्र भर पर्दा तथा तत्काल उपचार नखोज्दा समस्याग्रस्त व्यक्तिको लागि गम्भीर समस्या निम्तिन सक्छ । त्यसैले यस्ता खालका समस्याहरूमा डाक्टरसँग परामर्श लिनु र तुरुन्तै औषधिसहितको उपचार गर्नु राम्रो हुन्छ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.