Forward your message to us on WhatsApp, Telegram or Signal

तथ्य जाँच: आजको अत्याधिक प्रयोग हुने शब्द ‘इम्यूनिटी बूस्टर’

Published on:

सारांश

अहिलेको महामारीले लोकप्रिय शब्द “इम्युनिटी बूस्टर” लाई जन्म दिएको छ। वैकल्पिक औषधि ब्रान्ड तथा एफएमसीजी कम्पनीहरूले समेत आफ्नो उत्पादनहरू सँग यो शब्द जोड्न थालेका छन् । हामी यी सबै विज्ञापन र उत्पादनहरूको ‘इम्युनिटी बूस्टर’ शब्द सम्बन्धी दाबीहरू को एउटा संयुक्त तथ्य जाँच गरेका छौं। हाम्रो छानबिनमा यी दाबीहरू मध्ये अधिकांश अर्ध सत्य रहेको प्रस्ट भएको छ।

दाबी

‘इम्युनिटी बूस्टर’ शब्द को प्रयोग गर्ने थुप्रै दाबी तथा विज्ञापनहरू रहेका छन्। तलको फोटोमा एफएमसीजी ब्रान्ड, पानी फिल्टर गर्ने ब्रान्ड र मुख्यधारा मिडिया वेबसाइटहरू द्वारा प्रतिरोधकक्षमता बढाउने बानी र आहारहरूको ’boutमा विज्ञापन सामाग्रीहरूको एउटा सङ्कलन हेर्न सकिन्छ।

तथ्य जांच

प्रतिरोधक क्षमता भनेको के हो? के खाना तथा पूरक आहार द्वारा कम अवधिमा प्रतिरोधक क्षमता बढाउन सकिन्छ?

हार्वर्ड स्वास्थ्य वेबसाइटले उल्लेख गरेको छ, ‘तपाईंको प्रतिरोधक क्षमता बढाउन सकिने विचार आकर्षित लाग्छ तर धेरै कारणहरूले यसो गर्न सम्भव हुन् नसकेको प्रमाणित भएको छ। प्रतिरोधक प्रणाली भनेकै एउटा प्रणाली हो, कुनै एकल एकाइ होइन। यसलाई राम्रोसँग कार्य गर्नको लागि सन्तुलन र स्थिरताको आवश्यकता पर्दछ। अन्वेषकहरूलाई अझै पनि प्रतिरोधक प्रतिक्रियाको जटिलता र अन्तरसम्बन्धहरूको ’boutमा धेरै कुरा थाहा छैन। वर्तमानमा जीवन शैली र बलियो प्रतिरोधक प्रक्रिया बीच वैज्ञानिक रूपमा कुनै पनि प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको छैन।

हामीले माथिको प्रश्नको जबाफ अनेकौँ डाक्टरहरू र आहार विशेषज्ञलाई सोधेका छौं। उत्तरहरू उस्तै थिए।

हैदराबाद अपोलो अस्पतालका इन्टेंसिविस्ट र पल्मोनोलोजिष्ट डा साई प्रवीण हरनाथ भन्छन्, “प्रतिरोधक क्षमता बलियो कोषहरू द्वारा निर्मित एउटा बहुमुखी प्राकृतिक रक्षा प्रणाली हो र यसले आक्रमण गर्ने जीवाणु र अन्य पदार्थहरू तथा ’em सँग लड्ने प्रोटिन जस्ता प्रतिरक्षा पदार्थ समेतलाई प्रभावित गर्दछ। यस प्रणालीलाई आवश्यक जीव रसायन प्रतिक्रियाहरू निर्बाध रूपमा पुरा गर्न मद्दत गर्ने प्रोटिन र सह-कारकहरूको लागि आवश्यक निर्माण ब्लकहरूको पर्याप्त आपूर्ति आवश्यक पर्दछ। यसमा  बहु भिटामिनका साथै जिंक जस्ता धातुहरू समावेश हुन सक्छन्। स्टेरोइड जस्ता औषधि द्वारा प्रतिरोधक क्षमतालाई अवरोध गर्न सकिन्छ। कुनै पनि एउटा औषधी द्वारा प्रतिरोधक क्षमता बढाउन सम्भव छैन र यस सम्बन्धी कुनै परिचित प्रमाणहरू जानकारीमा छैनन्।”

आहार तथा पोषण विशेषज्ञ काजल गुप्ता भन्छिन्, “प्रतिरोधक क्षमता हाम्रो शरीरको लागि एउटा सुरक्षा कवच जस्तै हो। यो बाह्य कारकहरू विरुद्ध लड्न तथा हामीलाई सुरक्षित राख्न सहकार्य गर्ने बहु कारकहरूको लागि प्रयोग हुने एउटा सिङ्गो शब्द हो। कुनै पनि व्यक्तिको प्रतिरोधक क्षमतालाई असर पार्ने धेरै कारकहरू हुन्छन् जस्तै अन्तर्निहित चिकित्सा अवस्था, जीवन शैली विकल्प, खाने  बानी, औषधि वा तनाव। केही खाद्य पदार्थ, केही पूरक आहार, केही व्यायाम वा केही जीवन शैली परिवर्तन द्वारा व्यक्तिको प्रतिरोधक क्षमतामा सुधार गर्न सकिन्छ तर यो कुनै दुई दिने कुरा होइन। यदि सम्भव भएपनि व्यक्तिको प्रतिरोधक क्षमतामा कुनै पनि परिवर्तनको लागि लामो अवधि आवश्यक पर्दछ। छोटो अवधिको लागि सुझाव दिइएको औषधी वा पूरक आहारहरूले कुनै विशेष भिटामिन वा विशेष पोषक तत्वको क्षणिक पूर्तिमा मात्र मद्दत गर्न सक्छ यद्यपि यो पनि महत्त्वपूर्ण छ। तर त्यसलाई सङ्क्रामक रोगको विरुद्ध “प्रतिरोधक क्षमता” भएको ठान्नु हुँदैन। “

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

spot_imgspot_img
2,654FansLike
1,011FollowersFollow
250SubscribersSubscribe
spot_img

Read More

THE HEALTHY INDIAN PROJECT'S E-MAGAZINE:

INDIA'S TRYST WITH ALTERNATIVE MEDICINES DURING COVID-19

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.