Last Updated on डिसेम्बर 27, 2020 by Team THIP
टिप्पणी: यो उक्त विषयमा यस भन्दा पहिला प्रकाशित लेखको अद्यावधिक गरिएको तथ्य जाँच हो – डेटोलले कोरोनाभाइरसलाई मार्न सक्छ। नयाँ अनुसन्धान खोज को कारण हामीलाई यो लेख अद्यावधिक गर्न आवश्यक परेको छ।
सारांश
महामारीको सुरूमा धेरै फेसबुक पोस्ट र ह्वाट्सेप सन्देशहरूमा डेटोलले कोरोनाभाइरसलाई मार्न सक्छ भन्ने दाबी गरिएको थियो। थिप मिडिया र अधिकांश तथ्य जाँच मञ्चले प्रमाणको अनुपलब्धताको आधारमा दावीलाई असत्य ठहर गरेको थियो। यद्यपि हालको परीक्षणमा कोभिड-१९ फैलाउने नोभेल कोरोनाभाइरस (२०१९-एनकोभ) विरूद्ध डेटोल प्रभावी रहेको प्रमाणित भएको छ।
तथ्य जांच
के डेटोलले कोभिड-१९ फैलाउने २०१९ नोभेल कोरोनाभाइरसलाई मार्न सक्छ?
हो, कम्पनीले पुष्टि गरेको छ कि कोभिड-१९ फैलाउने नोभेल कोरोनाभाइरस बिरूद्ध डेटोल प्रभावकारी छ। कम्पनीले आधिकारिक ट्वीटमा यसको पुष्टि गरेको छ। एनकोभ-१९ बिरूद्ध प्रभावी प्रमाणित रहेका डेटोल उत्पादनहरुको पूर्ण सूची कम्पनी द्वारा जारी गरिएको छ।
टिप्पणी: कोरोनाभाइरसलाई मार्न डेटोलको प्रयोग सतही कीटाणुनाशकको रूपमा मात्र गर्न सकिन्छ। तपाईको शरीर भित्र कोरोनाभाइरसलाई मार्न डेटोल पिउनु एउटा खतरनाक विचार हो। डेटोल पिउनु स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ।
संयोगवश कम्पनीले परीक्षणको परिणाम आउनु भन्दा अघि फैलिएको सन्देश बारेमा स्पष्टीकरण दिएको थियो।
अधिकांश वेबसाइटहरू र तथ्य जाँच संस्थाले यसलाई गलत भनेर किन दाबी गर्छन्?
कोभिड-१९ महामारी को स्थिति तीव्र रूपमा परिवर्तन हुँदैछ। शोधकर्ताहरू भाइरसलाई नियन्त्रण गर्ने नयाँ तरिकाहरू पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका छन्।
“डेटोलले कोरोनाभाइरसलाई मार्न सक्छ” सम्बन्धी प्रायः तथ्य जाँच लेखहरू २०२० को सुरुमा महामारी फैलिन सुरु नै भएको बेला तथ्य जाँच को आधारमा लेखिएको थियो र त्यति बेला नयाँ भाइरसको बिरूद्ध डेटोल को परीक्षण भएको थिएन।
तपाईले पढ्ने बेला प्रत्येक तथ्य जाँच लेखहरूको मिति जाँच गर्न सिफारिस गरिन्छ।
टिप्पणी: थिप मिडियाले पहिला यस बिषयमा तथ्य जाँच गरेको थियो (यहाँ प्रकाशित छ)। यो लेख पहिलाको तथ्य जाँचको अद्यावधिक गरिएको लेख हो।
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.