तथ्य जांच: के बाँकोको गानाले पाइल्स निको पार्छ?

Published on:

सारांश

rating

सामाजिक संजाल फेसबुकमा एउटा दाबीसहितको भिडियो फेला परेको छ। जसमा बाँकोको गानाले पाइल्स निको पार्ने दाबी गरिएको छ। पाइल्सका लक्षणहरू कम गर्न बाँकोको गानाले काम गर्छ भन्ने कुनै आधिकारिक प्रमाण फेला परेनन् । यस दाबी प्रायः झूटो छ।

दाबी

Langurdang farmstay नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ‘पाइल्सको पीडित’ महिलालाई ‌‌औषधीका रुपमा बाँकोको नागाको एक टुक्रा दिइएको छ । उक्त भडियोमा सुनिएको अडियोमा भनिएको छ- 

‘पाइल्सले एकदमै पीडित एकजना बहिनी आउनुभएको रहेछ, उहाँलाई मैले आफ्नो प्रशनल नम्बर दिएर यो पाइल्सको औषधी दिइसकेको छु, अब एक हप्तापछि थाहा हुन्छ उहाँको प्रकिक्रिया के हुन्छ यसमा, यो एकदमै उपयोगी घरेलु ‍औषधी पाइल्सको लागि यसले एकदमै महत्वपूर्ण भूमिका खेल्छ पाइल्स रोग निको पार्नको लागि ।’

Nepali SS

तथ्य जाँच

के बाँकोको गानाले पाइल्स निको पार्छ?

बाँको वसन्त ऋतुमा फूल्ने एउटा फूल हो । २०२० मा प्रकाशित एक अनुसन्धानका अनुसार बाँकोमा एनाल्जेसिक, एन्टिमाइक्रोबियल, एन्टी-इन्फ्लेमेटरी र क्यान्सर प्रतिरोधी गुणहरू रहेका हुन्छन् । 

त्यसैले यसको प्रशोधित प्रयोगबाट मानिसहरूले लक्षणहरूको गम्भीरता कम गर्न सकिन्छ । तर, यसको प्रयोग घरमै गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ । पाइल्सका लक्षणहरू कम गर्न बाँकोको गानाले कसरी काम गर्छ भन्ने कुनैपनि प्रमाण हामीले फेला पार्न सकेनौँ । तर, घरमै यस्ता घरेलु उपायहरू प्रयोग गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ ।

घरेलु उपायहरू प्रयोग गरेर उचित उपचार नखोज्दा पाइल्स भएका मानिसहरू गम्भीर अवस्थामा समेत पुग्न सक्छन् । rxlist.com मा प्रकाशित एउटा लेखमा लेखिएको छ, ‘अरुम मुखबाट लिँदा असुरक्षित हुन्छ ।’ 

बाँकोको जरामा विषालु रसायन हुन्छ जसले जिब्रो सुन्निन सक्छ । यी रसायनहरूले रगत बान्ता र रगतको पखाला पनि निम्त्याउन सक्छ, जुन शरीरभित्र खतरनाक रक्तस्रावको संकेत हो ।

पाइल्सका लक्षणहरू कम गर्न बाँकोको गानाले काम गर्छ भन्ने कुनै आधिकारिक प्रमाण फेला परेनन् । घरमै यस्ता घरेलु उपायहरू प्रयोग गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ ।


This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.


Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

150,520FansLike
1,127FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health