तथ्य जांच: के घिउकुमारी, नीम र कपूरले छालाको दाद निको पार्छ?

Published on:

सारांश

rating

सामाजिक संजालहरुमा विभिन्न रोगको घरेलु उपचारका बारेमा तयार पारिएका सामग्रीहरू फैलिरहेका हुन्छन् । पछिल्लो पटक हामीले छालामा हुने संक्रमण तथा दादको घरेलु उपचारबारे तयार पारिएको एउटा सामग्री फेला पार्‍यौँ । हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी आधा सत्य छ।

दाबी

हेल्थ टिप्स _MILAN नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा घिउकुमारी, नीम र कपूरको घोल तयार पारिएको दृश्य देखाइएको छ । सोही सामग्रीको क्याप्सन र अडियोमार्फत् घिउकुमारी, नीम र कपूरको घोलको लेपनले दाद तथा छालामा भएको संक्रमण निको पार्ने दाबी गरिएको छ।

सामग्रीको क्याप्सनमा भनिएको छ – ‘दाद भएर हैरान हुनुन्छ, hospital को औषधि जति लगाउँदा पनि ठिक भएन, अब घरेलु उपचार गर्नुस‍्, धेरै जनाको ठिक भको छ आसा छ तपाईंहरूको पनि ठिक हुन्छ।’ 

Nepali FC

तथ्य जाँच

के घरेलु उपचारले सामान्य संक्रमण  निको पार्न सक्छ?

घिउकुमारी, नीम र कपूरमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल, एन्टी सेप्टिक र एन्टी फंगल गुण रहेको हुन्छ जसले छालाको संक्रमणमा केही हदसम्म राहत दिन्छ । यसको नियमित प्रयोगले छालाको हल्का संक्रमण निको पनि हुन्छ । तर, मध्यमदेखि गम्भीर छालाको संक्रमण भएमा डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

छालाको सामान्य संक्रमणहरुमा सेलुलाइटिस, एरिसिपेलास, इम्पेटिगो, फोलिक्युलाइटिस, र फुरुनकल र कार्बनकलहरू पर्दछन् । समयमै उचित उपचार नगरिएग यी संक्रमणहरू गम्भीर हुन हुन बेर लाग्दैन । प्रस्तुत विषयमा हामीले केही अनुसन्धान पत्रहरू फेला पारेका छौं जसले अनुसार यी छालामा हुने संक्रमणहरूलाई उचित चिकित्सा हेरचाह चाहिन्छ । डाक्टरको परामर्श, एन्टिबायोटिक्सका साथै अन्य उपचार पनि गर्नुपर्दछ । 

छालामा संक्रमण हुँदा घरेलु उपचार गर्नु  र उचित चिकित्सा उपचार नखोज्नु केही मानिसहरूका लागि खतरनाक पनि हुन सक्छ । घिउकुमारी, नीम र कपूरको अत्याधिक प्रयोगले छालाको एलर्जीसमेत हुनसक्ने केही अनुसन्धान पत्रहरूले निष्कर्ष निकालेका छन् । 


This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.


Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

150,753FansLike
1,125FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health