के कागती ले क्यान्सर निको पार्न सक्छ?

Published on:

सारांश

Fact-Check-Mostly-False-Stamp

“कागती (सिट्रस) क्यान्सर कोषहरूलाई मार्ने एउटा चमत्कारी उत्पादन हो। यो केमोथेरापी भन्दा पनि शक्तिशाली छ। “- प्रत्येक केही महिना पछि अनेकौ स्रोतहरूबाट पुन: उत्पन्न भइरहने यो एक विशेष दावी हो। यो भन्दा पहिला पनि यस्तै दावीहरू ‘मेरील्याण्ड कलेज अफ मेडिसिन’ का कुनै ‘डाक्टर गुप्ता’ लाई श्रेय दिंदै दाबी गरिएको थियो भने  यस विशेष पोष्टले ‘इन्स्टिच्युट अफ हेल्थ साइन्सेस’ द्वारा क्यान्सरको ठ्याक्कै त्यस्तै उपचारको दावी गरेको छ। त्यस्तै मिल्दो जुल्दो सन्देशहरू ईमेल, फोरम पोष्टहरू र व्हाट्सएप सन्देशहरू मार्फत विभिन्न समयमा साझा गरिएको छ।

हामीले पत्ता लगाएर थाहा पायौं कि अनुसन्धानहरूमा कागती (सिट्रस जूस) क्यान्सरमा लाभदायक प्रभाव पारेको देखिएको छ यद्यपि कागती को रस को तुलना केमोथेरापी संग गरिएको दाबी अति नै बढाईचढाई गरिएको पाइएको छ। हामी यस दावीलाई अधिकांश झुटो रहेको भनेका छौं।

दाबी

दाबीको एक अंश तल दिइएको छ:

“कागती (सिट्रस) क्यान्सर कोषहरूलाई मार्ने एउटा चमत्कारी उत्पादन हो। यो केमोथेरापी भन्दा १०००० गुणा बढी शक्तिशाली छ। ” दावीको एउटा स्न्यापशट तल दिइएको छ र यसको संग्रहित संस्करण यहाँ देख्न सकिन्छ

कुनै अन्य डाक्टर / अनुसन्धान संस्थानलाई श्रेय दिइएको समान प्रकारको एउटा अर्को दावी पनि सामाजिक संजालमा लोकप्रिय छ। त्यस्तै एउटा पोष्टको संग्रहीत संस्करण यहाँ छ

तथ्य जांच

के  ‘इन्स्टिच्युट अफ हेल्थ साइन्सेस’ बाल्टिमोरमा अवस्थित छ? के तिनीहरूले त्यस्तो बयान जारी गरेका छन्?

बाल्टिमोर हेल्थ साइन्स इन्स्टिच्युट भन्ने संस्थान अस्तित्वमा रहेको छ (हामी मान्दैछौं कि सन्देशमा सन्दर्भित गरिएको संस्था यहि थियो किनभने यस क्षेत्रमा त्यस्तै नाम भएको कुनै अन्य संस्था अस्तित्वमा छैन)।

तिनीहरूले यो बयान जारी गरेका छैनन्।

विभिन्न मिडिया हाउसलाई पठाइएको जवाफमा संस्थानले स्पष्ट पारेको छ, “सम्बन्धित ईमेल र जानकारी हेल्थ साइन्स इन्स्टिच्युट बाट जारी गरिएको थिएन। यो स्क्याम ईमेल सुरू गर्ने व्यक्तिले हाम्रा केहि प्रकाशित सामग्री प्रयोग गरेको थियो, यद्यपि ति प्रकाशित सामग्रीमा कागती सँग कुनै सम्बन्ध थिएन तर पनि कागती को बारेमा त्यस  व्यक्तिले जानकारी सम्मिलित गरेको थियो। यो सहि छैन र यस कारण हामीलाई ठूलो समस्या बेहोर्नु परेको छ। यद्यपि यसले क्यान्सर पीडित व्यक्तिहरुलाई गलत वा परीक्षण नगरिएको चिकित्सकीय सल्लाह दिएको छ जुन धेरै चिन्ताजनक कुरा हो। सायद सिट्रस फलमा केही एन्टी-क्यान्सर गुणहरू हुन सक्छन् वा हुन सक्दैन (म त्यस बारेमा  बोल्न योग्य छैन) तर मलाई निश्चित रुपमा एउटा कुरा थाहा छ कि यस जानकारीको “स्रोत” को रुपमा भनिएको हेल्थ साइन्स इन्स्टिच्युटले यो जानकारी प्रकाशित गरेको छैन। यस ईमेल वा यसमा समावेश गरिएको जानकारी सँग हाम्रो कुनै सम्बन्ध छैन। ”

के कागती पानी वा तातो कागती पानीले क्यान्सरको उपचार गर्न सक्छ?

दिल्लीका वरिष्ठ आन्कोलोजिस्ट तथा THIP का समीक्षा टोलीको एक सदस्य डाक्टर मनीष सिंघल ले भन्नुहुन्छ “तातो पानी संगै कागती को रस पिउनु राम्रो बानी हो तर यदि कागती पानी मात्र खाएर क्यान्सर निको पार्न सकिन्छ वा केमोथेरापी उपचारको सट्टा यो प्रयोग गर्न सकिन्छ भने क्यान्सर अनुसन्धानमा हामीले यति धेरै खर्च गर्नुपर्दैनथ्यो। ”

यद्यपि विश्वभरि धेरै विश्वसनीय अनुसन्धानहरूमा कागतीको रसमा एन्टी-कार्सिनोजेनिक गुणहरू (क्यान्सर रोकथाम गर्ने तत्त्वहरू) रहेको पाईएको छ।

त्यस्ता एक अनुसन्धानको निष्कर्षमा लेखिएको छ “माथि वर्णन गरिएको प्रयोगात्मक परिणामहरूमा साइट्रस लिमोनोइडले पर्याप्त एन्टीक्यान्सर क्रिया प्रदान गर्ने संकेत दिएको छ। नमुना पशुहरुमा यो यौगिकहरू विषाक्त प्रभावमुक्त देखिएको छ त्यसैले प्राकृतिक सम्भावित फल, लिमोनोइड्स द्वारा सुदृढ साइट्रस वा विशिष्ट लिमोनोइड्सको शुद्ध रूपमा मानवीय क्यान्सर बिरुद्द लिमोनोइड्सको प्रयोग गर्ने सम्भावना रहेको छ”।

त्यस प्रकारका अनुसन्धानहरू सुन्तलाको रस तथा सिट्रसको औषधीय प्रयोग मा पनि गरिएका छन् र प्रारम्भिक परिणामहरूले केहि सकारात्मक परिणाम देखाएको छ।

यद्यपि प्रायजसो त्यस्ता अनुसन्धानहरू मानव कोषहरूमा अझै निर्णायक रहेका छैनन्। डाक्टर मनीष सिंघलले भने अनुसार, “कागती पानी पिउनु राम्रो बानी हो। यसले तपाईंको शरीरलाई नोक्सान पुर्‍याउन सक्दैन। तर यसले किमोथेरापी उपचार को ठाउँ लिनसक्छ वा क्यान्सर पूर्ण रूपमा निको पार्न सक्छ भनेर सोच्नु खतरनाक अतिशयोक्ति हो।”

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer
Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

150,784FansLike
1,127FollowersFollow
250SubscribersSubscribe

READ MORE

Subscribe to our newsletter

Stay updated about fake news trending on social media, health tips, diet tips, Q&A and videos - all about health